News Portal

पारसको स्वास्थ्य अवस्था थाहा पाउनासाथ छोरा हृदयेन्द्र अतालिँदै अस्पताल

हिमाली संचार संवाददाता
८०४ पटक

काठमाडौँ : अचानक मुटुमा समस्या देखिएपछि पूर्वयुवराज पारस शाहलाई सोमबार अपराह्न साढे ४ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

बाबुको स्वास्थ्य अवस्था थाहा पाउनासाथ छोरा हृदयेन्द्र शाह अस्पताल पुगेका थिए। अपराह्न साढे ४ बजे पूर्वयुवराज पारसलाई अस्पताल पुर्‍याइएको थियो भने छोरा हृदयेन्द्र ६ बजेतिर अस्पताल पुगेका थिए।

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह पूर्वको भम्रणका लागि सिमरा पुगेका थिए भने पूर्व युवराज्ञी हिमानी शाह र छोरीहरु पूर्णिका शाह र कृतिका शाह थाइल्याण्डमा छन्। छोरा हृदयेन्द्र भने बुवा बिरामी भएको दिन नै अस्पताल पुगेका थिए।

बाबुको स्वास्थ्य अवस्था थाहा पाएपछि उनी अतालिँदै अस्पताल पुगेका थिए भने पूर्वरानी कोमल सडकमार्गबाट नै राति करिब १० बजे सिमराबाट काठमाडौँ आइपुगेकी थिइन्।

छोरा हृदयेन्द्र सोमबार, मंगलबार र बुधबार पनि नियममित अस्पताल पुग्ने गरेका छन्। छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि पूर्वरानी कोमल शाह बुधबार सिमरा फर्केकी छन्।

बुधबार पारसलाई भेट्न उनकी फूपु शोभा शाह, शोभाकी छोरी मनुजा शाह, धिरेन्द्र शाहका छोरीहरु पूजा शाह, दिलाशा शाह, सितास्मा शाह र पारसकी बहिनी प्रेरणा शाह पनि अस्पताल पुगेका थिए। त्यस्तै उनलाई भेट्न बुधबार नै उनका बहिनी-ज्वाइँ डा. राजीव शाही पनि नर्भिक अस्पताल पुगेका थिए। शाही पारसका काका धिरेन्द्रका ज्वाइँ हुन्।

तस्बिर: बर्षा शाह

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...