News Portal

मोरङको रंगेलीमा एकल कबिता वाचन हुने

हिमाली संचार संवाददाता
६६६ पटक
रबिन्द्र बराल, मोरङ

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रमको अायोजना हुने भएको छ । माघ २१ गते साेमबार तनहु देवघाट घर भएका २५ बर्षिय चर्चित युवा कवि सुदेश सत्यालको एकल कविता हुने भएको छ। उनको अध्ययनको मुल विषय संस्कृत हो भने छन्द कवितामा काव्यिक चेत उराल्न सक्ने सिमित कविहरु भित्र पर्छन् छन्त्याल।

नगरक्षेत्रमा साहित्य संग सम्बन्धित कार्यक्रमहरु संचालन मार्फत यस क्षेत्रमा भाषा कला र साहित्यको अभिवृद्धि गर्ने उदेश्यले गठित रंगेली साहित्य कला समाज तथा रंगेली नगरपालिकाकाे सहकार्य र स्थानिय ह्याप्पी क्लब अायोजना र मिडिया पार्नर रंगेली अपडेट रहेको छ । सो कार्यक्रममा कला,भाषा र साहित्य क्षेत्रमा अावद्घ व्यक्तिहरुकाे समेतमा रुचि राख्ने भएकाले स्थानीय बुद्धिजीवीहरुकाे समेत उपस्थिति रहने अायोजकले जनाएको छ ।

गाउँ घरमा लुकाएर रहेका कलाहरुकाे समेत यस्तो कार्यक्रमले महत्त्वपूर्ण भुमिका रहेको कार्यक्रममार्फत नयाँ पुस्तामा साहित्य तथा कला र भाषाको महत्त्व बढदै जाने अायाेजका रमेश चन्द्र अधिकारीले बताए।

सुदेश सत्याल अहिलेको पुस्ताका निकै चर्चित कविकाे रुपमा चिरपरिचित छन । छन्दमा कविता सृजना गर्दछन् । राष्ट्रप्रेम, चेतना विद्रोह, प्रकृति चेत र प्रणय उनका कवितामा पाइने मुल तत्वहरु भएको अभिषेक अधिकारीले बताए ।

       तपशिल
मिति : २१ माघ, २०७५
समय : दिउँसो १२ बजे
स्थान : रंगेली सभाहल, मोरङ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...