News Portal

डा. केसीको अबस्था झन नाजुक !

हिमाली संचार संवाददाता
५४३ पटक

दिनेश गौतम
काठमाडौं : उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उनको शरीर कमजोर बन्दै गएको छ। बोली समेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए।

केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून छ। ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ,’ श्रेष्ठले भने।

रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले नमानेका केसीका भाइ किशोरले बताए। प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ। ‘डब्लुबीसी निकै कम छ। उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ,’ श्रेष्ठले भने।

गणेशमानसिंह भवनको साधारण शैयामा छन् केसी। पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो।

अनशन नगर्न अपिल
डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकले सामूहिक रिले अनशन सुरु गरेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबारदेखि गणेशमान सिंह भवनको प्राङ्गणमा अनशन जारी छ। अस्पतालले भने उनीहरुलाई अनशन नबस्न अपिल गरेको छ। यसप्रति गम्भीर ध्यानाकर्षण भएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जनाएका छन्।

अस्पतालमा कुनै धर्ना, विरोध, बन्द, हड्तालको कार्यक्रम नराखिदिन र मुलुकको ऐननियम एवं चिकित्सकीय नैतिक दायित्वअनुरुप नियमित सेवा प्रदान गर्न उनले अपिल गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरु गरेको विरोध कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रिले अनशन बसेका चिकित्सकविरुद्ध सोमबार दिउँसो केही व्यक्ति मुठभेडमा उत्रिन थालेपछि प्रहरी संख्या बढाइएको छ।

घटेनन् बिरामी
चिकित्सकहरु अनशनमा बसेपनि शिक्षण अस्पताल आएका बिरामीले सेवा पाइरहेका छन्। सोमबार १५ सय बिरामीले ओपीडी टिकट काटेर उपचार गराएका थिए। आइतबार एक हजार चार सय ९९ जनाले सेवा लिएका थिए। कार्यकारी निर्देशक खड्गाले सेवा प्रभावित नभएको बताए। उनले भने, ‘बिरामी घटेका छैनन्। उपचार पाइनँ भन्ने गुनासो पनि सुनिएको छैन।

प्रतिकृया दिनुहोस्

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...