News Portal

  • एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्यको दुनियाँकै पहिलो कम्पनी

    हिमाली संचार संवाददाता
    ६५४ पटक

    आइफोन निर्माता कम्पनी एप्पल १० खर्ब डलर मूल्य भएको विश्वकै पहिलो कम्पनी बनेको छ । कम्पनीको शेयर मूल्यमा भएको बढोत्तरीसँगै एप्पलले बिहीबार १० खर्ब डलर मूल्यको कोशेढुङ्गा पार गरेको हो ।

    दोश्रो त्रैमासिक अवधिको सन्तोषजनक वित्तीय प्रतिवेदन सार्वजनिक भएको भोलिपल्टै एप्पलको शेयर मूल्य बढेर प्रतिशेयर २०७ डलर नाघेको थियो । जसका कारण कम्पनीको कूल बजार मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको हो ।

    सन् १९७६ मा स्टिभ जब्सले पर्सनल कम्प्युटर निर्माणका लागि स्थापना गरेको एप्पल स्थापनाको ४२ वर्षमा दश खर्ब डलरको कम्पनी बन्न सफल भएको हो । कम्पनीको शेयर मूल्यमा सन् २०११ यता २ हजार प्रतिशतले वृद्धि भएको छ । सोही वर्ष जब्सलाई प्रतिस्थापन गर्दै टिम कुक एप्पलको सीर्इअाे बनेका थिए ।

    एप्पलले १० खर्ब डलर मूल्य कायम गरी राखेको कीर्तिमान यसअघि कसैले पनि आधिकारिक रुपमा कायम गर्न सकेका छैनन् । यद्यपि, सन् २००७ मा पेट्रो चाइना कम्पनी विश्वकै पहिलो १० खर्ब डलरको कम्पनी बनेको दाबी गरिएको थियो । तर कम्पनीको केवल २ प्रतिशत शेयर मात्र सर्वसाधारणका लागि जारी गरिएको अवस्थामा उक्त दाबी अविश्वसनीय देखियो ।

    यस्तै साउदी अरबको नेसनल आयल कम्पनी साउदी अराम्को विश्वकै पहिलो २० खर्ब डलरको कम्पनी बन्ने क्रममा रहेको बताइन्छ । यदी अराम्कोले पब्लिक शेयर जारी गरेमा कम्पनीको मूल्य २० खर्ब डलर पुग्ने दाबी गरिएको भए पनि यो अझै हेर्न बाँकी नै छ ।

    स्मरणरहोस्, यसहप्ता एप्पलको शेयर मूल्यमा देखिएको उच्च वृद्धि मंगलबार कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तिय रिपोर्टको परिणाम भएको विश्लेषकहरुले बताएका छन् । रिपोर्ट अनुसार पछिल्लो तीन महिनामा एप्पलले ११ अर्ब ५० करोड मुनाफा कमाएको छ । यस अवधिमा एप्पलले ५३ अर्ब ३० करोड मूल्यको व्यापार गर्न सफल भएको छ ।

    गत वर्ष एप्पलले २ सय २९ अर्ब डलरको व्यापार गर्न सफल भएकोमा झण्डै ४८ अर्ब डलर नाफा कमाएको थियो ।

    यस्तो छ एप्पलको सफलताको इतिहास

    सन् १९७६ मा स्थापना

    सन् १९८० डिसेम्बर १२ मा पब्लिक कम्पनीको रुपमा शेयर बजारमा प्रवेश । पहिलोपटक प्रतिशेयर मूल्य ०.५१ डलर ।

    सन् १९८५ मा व्यवस्थापनमा भएको खटपटसँगै अध्यक्ष स्टिभ जब्सले एप्पल कम्पनी छाडे ।

    सन् १९९७ मा पुनः एप्पल प्रवेश गरेका स्टिभ जब्स सिइओमा नियुक्त ।

    सन् १९९८ मा आइम्याक जी थ्री सार्वजनिक

    सन् २००१ मा आइपड सार्वजनिक ।

    सन् २००७ मा आइफाेन सार्वजनिक ।

    सन् २०११ मा बिरामी भएसँगै स्टिभ जब्सद्वारा सीर्इओबाट राजीनामा, टिम कुक नयाँ सीर्इअाे बनेका ।

    सन् २०१५ मा एप्पल ७ खर्ब डलरभन्दा अधिक मूल्ययुक्त विश्वको पहिलो कम्पनी बन्न सफल ।

    सन् २०१८ मा १० खर्ब डलर मूल्यको पहिलो कम्पनी बन्न सफल ।

    दी गार्जियनको सहयोगमा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...