News Portal

क्यान्सर पीडित शाहीलाई सहयोगको लागि अपिल

हिमाली संचार संवाददाता
४३३ पटक

माघ १३, आइतबार : लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा बिरामी भएर थला परेपछि कसलाई पो पीडा हुँदैन र ? अहिले त्यस्तै भएको छ दैलेख भैरवी गाउँपालिका वडानम्बर ५ निवासी गणेशबहादुर शाहीलाई । अहिले उनी मात्र २१ बर्षका भए ।

सुरुमा सामान्य रोग होला भन्ने सोँचेका उनले त्यति बेला उनी झाँगाबाट खसेझैं भए, जब उनले सुर्खेतमा आएर चेकजाँच गरे । डाक्टरले उनलाई क्यान्सर भएको पुष्टी गरे र काठमाडौंको सिभिल हस्पिटलमा रिफर गरियो । सुर्खेतमा उनले गतबर्ष २०७४ साल फागुन २२ गते चेकजाँच गरेका थिए ।

त्यसपछि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा फागुन २५ गते भर्ना भएका उनको १ सय ५९ दिन अस्पतालमै उपचार भयो । डाक्टरले २०७५ को भदौमा डिस्चार्ज गरे ।

झण्डै २० लाख खर्च गरेर रोग ठिक भयो भन्दै घर फर्केका उनको अकस्मात यही बर्षको पुसमा फेरि रोग बल्झिएको छ । अहिले उनी फेरि सिभिल अस्पतालको बेडमा थला परेका छन् । गत पुस १२ गते भर्ना भएका उनको अहिलेसम्म ३ लाख बढी रकम खर्च भइसकेको छ ।

डाक्टरहरुले अहिले बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ भनिरहेका छन्, तर त्यसका लागि रकम अभाव भएको गणेशका दाई नेमबहादुरले बताए । उनका अनुसार बोनम्यारो ट्रान्सप्लान्ट गर्न २५ देखि ३० लाख रकम आबश्यकता पर्छ ।

आवश्यक रकम कसरी जुटाएर भाईको उपचार गर्ने भन्ने चिन्ता छ,नेमबहादुरलाई । स्वास्थ्य र गृहमन्त्रालयमा भाईको उपचारका लागि फाइल समेत पेश गरेका उनले त्यहाँ कसैले पनि सुनुवाई नगरेको गुनासो गरे ।

आफ्नो सानो जागीरले भाईलाई २० लाख जति खर्च गर्न सकेपनि अब आफुसँग कुनै श्रोत नभएको नेमबहादुर बताउँछन् । “सरकारले नेताहरुका लागि करोडौं रकम खर्च गर्छ तर गरिब, दुःखीहरुको लागि केही पनि नगर्ने रहे” नेमबहादुरले भने । रकम अभावमा गणेशलाई ब्लड दिनपनि मुस्किल परेको छ ।

गणेशलाई अघिल्लो पटक ८० पोका रगत दिनु परेको थियो । अहिले ८ पोका रगत दिइसकेको र अब थप ब्लडको पनि आबश्यकता पर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । तर, भएको सबै धन सम्पती सकिएकोले थप उपचार गर्न नसकिएको नेमबहादुर बताए । उनले सहयोगको लागि सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...