News Portal

चामुण्डा माविले मनायो ३७औं बार्षिक उत्सव

हिमाली संचार संवाददाता
७०९ पटक
पंखबहादुर शाही

दैलेख : चामुण्डाबिन्द्रासैनी नगरापलिका वढा नं. ३ स्थित चामुण्डा मावि हाडाकोटको माघ १६ गते परेको ३७ औँ बार्षिक उत्सवको अबसरमा गरिएको शैक्षिक कार्यक्रमको शनिबार उद्वाटन भएको छ ।

कार्यक्रमलाई उद्वाटन गर्दै भुपु अध्यक्ष जग्यबहादुर शाहीले यो विद्यालयको उन्नतीको लागि हरेक तवरणबाट सबैले लाग्न आग्रह गर्नुभयो । उहाँले विगतका दिनहरु भन्दा अहिलेको अवस्थामा विद्यालयले ठुलो फट्को मार्दा खुसी व्यक्त गर्नुभएको थियो ।

यस्तै गाउँपालिकाका उपप्रमुख तारा शाही खत्रिले शिक्षालाई गुणस्तर गर्ने नगरपालिकाले हरेक कदममा साथ दिने बताउँनुभयो । उहाँले अहिलेको अवस्थामा शिक्षा मानव जीवनको एक महत्वपुर्ण अँग भएकोले गुणस्तरीय शिक्षामा आफ्नो नरपालिका सदैभ अडिग भएर लाग्ने उद्घोष गर्नुभएको थियो ।

यस्तै उक्त वडाका वडाध्यक्ष निरक बहादुर शाहीले यो विद्यालयलाई जिल्लाकै पहिलो नमुना विद्यालय बनाउँने सपना बोकेको बताउँनुभयो । उहाँले अहिलेसम्म यो विद्यालयले गरेका हरेक कार्यहरु भावि पिँढीको लागि रहिरन गरेको बताउँनुभयो । जिल्लामै पहिलो पटक कृर्षिबाली विज्ञान र आईएसी एजी कक्षा सञ्चालन गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

चामुण्डा विन्द्रासैनीः नगरपालिका भित्र रहेका सम्पुर्ण माविको मावि स्तरीय कप्रदि प्रतियोगी छात्रछात्रा दुवै नगरपालिकाका सबै वडाका पुरुषहरुको भलिबल प्रतियोगिता, मावि स्तरीय सटफुट छात्र छात्रा दुबै, तिर्पल जम्फ छात्रछात्रा दुबै लगाएतका भिन्न भिन्न कार्यक्रमहरु गरिने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाहीले बताउँनुभयो ।

चिसो कठ्याङ्गि जाडोमा पहिलो दिन विद्यालयका छात्रछात्राहरुले नेपालिको गहना गुनिउँ चोलीमा “हामि नेपालि हौँ”, “पुर्वको मेचिनी हाम्रै हौँ”,“हामि खेलाडी हौँ ”बोलको राष्ट्रिय भाव बाकेका गितमा आफ्नो नित्य प्रस्तुत गरेका थिए। कार्यक्रम माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरि मनाईने भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...