News Portal

बेल्चाले हिउँ हटाइँदै सिस्ने गाउँपालिका

हिमाली संचार संवाददाता
५७३ पटक

सिस्ने गाउँपालिका–३, को गाउँभन्दा माथि हिमपात भएको छ भने अन्य ३० वडाका सबै बस्तीमा हिउँ परेको छ । ‘गाउँसम्म बाक्लो हिउँ परेको छ,’ भूमे गाउँपालिका–२, का जयबहादुर बुढा मगरले भने, ‘यो वर्ष तलतलका गाउँसम्म पहिलोपल्ट हिउँ झर्‍यो ।’

अघिल्लोपटक हिमाली गाउँमा धेरै हिउँ परेको थियो भने औलतिरका गाउँमा हिउँ झरेको थिएन । हिउँका कारण जनजीवन कष्टकर बनेको छ । सर्वसाधारण घर बाहिर निक्लन सकेका छैनन् भने पशुवस्तु पनि गोठभित्रै राखेका छन् ।
हिमपात भएपछि चिसो धेरै बढेको छ । बाक्लो हिमपातले गहुँ, जौं, आलुलगायतका हिउँदेबालीमा क्षति पुगेको किसानले बताएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिकाको मैकोटमा हरेक घरको छतमा बाक्लो हिउँ परेको छ । घरबाहिर निस्कन पनि बेल्चाले हिउँ फाल्नुपर्ने अवस्था छ । सर्वसाधारणहरु आँगनको हिउँ हटाउन विहानैदेखि लागि परेका छन् । घाम नलागे पछि आँगन, बरन्डा र छतको हिउँ पग्नल मुस्किल छ ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...