News Portal

बेल्चाले हिउँ हटाइँदै सिस्ने गाउँपालिका

हिमाली संचार संवाददाता
६११ पटक

सिस्ने गाउँपालिका–३, को गाउँभन्दा माथि हिमपात भएको छ भने अन्य ३० वडाका सबै बस्तीमा हिउँ परेको छ । ‘गाउँसम्म बाक्लो हिउँ परेको छ,’ भूमे गाउँपालिका–२, का जयबहादुर बुढा मगरले भने, ‘यो वर्ष तलतलका गाउँसम्म पहिलोपल्ट हिउँ झर्‍यो ।’

अघिल्लोपटक हिमाली गाउँमा धेरै हिउँ परेको थियो भने औलतिरका गाउँमा हिउँ झरेको थिएन । हिउँका कारण जनजीवन कष्टकर बनेको छ । सर्वसाधारण घर बाहिर निक्लन सकेका छैनन् भने पशुवस्तु पनि गोठभित्रै राखेका छन् ।
हिमपात भएपछि चिसो धेरै बढेको छ । बाक्लो हिमपातले गहुँ, जौं, आलुलगायतका हिउँदेबालीमा क्षति पुगेको किसानले बताएका छन् ।

पुथाउत्तरगंगा गाउँपालिकाको मैकोटमा हरेक घरको छतमा बाक्लो हिउँ परेको छ । घरबाहिर निस्कन पनि बेल्चाले हिउँ फाल्नुपर्ने अवस्था छ । सर्वसाधारणहरु आँगनको हिउँ हटाउन विहानैदेखि लागि परेका छन् । घाम नलागे पछि आँगन, बरन्डा र छतको हिउँ पग्नल मुस्किल छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...