News Portal

  • अज्ञात रोगका कारण खसी, बोका र बाख्रा मर्न थाले

    हिमाली संचार संवाददाता
    ५८१ पटक

    गाईघाट – उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थु्रप्रै खसी, बोका र बाख्रा मरेका छन् ।

    बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताए । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा बिरामी हुने र मर्नेक्रम बढेको वडा नम्बर ४ का ध्रुव कार्कीले बताए ।

    अहिले रोगको प्रकोप फैलिँदै गएपछि नगरपालिकाले उपचारमा पशु चिकित्सक परिचालन गरे पनि रोग नियन्त्रणमा नआएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए।

    कुन रोग लागेको हो भन्ने कुरा अहिले विशेषज्ञले अनुसन्धान शुरु गरे पनि रोग पत्ता लागि नसकेको जानकारी दिँदै उनले अहिले फैलिएको रोगको लक्षणमा खसीबाख्राको नाकबाट पातलो सिङ्गान आउने, स्वासप्रश्वासमा समस्या हुने, घाँस खान समस्या हुने र मर्ने गरेको बताए ।

    यता रोग फैलिँदै जान थालेका कारण अन्य कृषक भने आफ्ना पनि खसीबाख्रा बिरामी भएर मर्ने डरले चिन्तित भएको वडा नं.४ का भवीन्द्र राईले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...