News Portal

प्रभाकर माविमा सञ्चालित ३ महिने एनसीसी तालिम समापन

हिमाली संचार संवाददाता
४८५ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर माविमा सञ्चालित राष्ट्रिय सेवा सुरक्षा दलको ३ महिने एनसीसी तालिम सम्पन्न भएको छ ।  प्रभाकर मावि देवस्थलमा अध्यायनरत ३६ जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको छ ।

तालिमबाट विद्यार्थीले नैतिक आचारण, अनुसाशन, साधारण सैनिक तालिम, खुकुरी ड्रिल, एरोविक, टेक्वान्दो लगायतका तालिम हासिल गरेका छन् । ३ महिने तालिमका क्रममा विद्यार्थीलाई नैतीक आचारणका वारेमा वढि केन्द्रीत गराएको राष्ट्रिय सेवा सुरक्षा दलका प्रशिक्षक महेश पौडडेले वताउनु भयो ।

२१ दिन सम्म श्री राष्ट्रिय सेवा सुरक्षा पश्चिम तालिम शिक्षालय बाँकेमा सञ्चालित कार्यक्रममा विभिन्न प्रतियोगितामा समेत प्रभाकर माविका एनसिसि तालिम प्राप्त विद्यार्थीले ८ जिल्लाका १७ टिमलाई विभिन्न खेल प्रतियोगितामा विजय हासिल गरेको शिक्षक हिरालाल गौतमले जानकारि दिनु भएको छ । नसिसि तालिम प्राप्त विद्यार्थीको उक्त ३ महिने कार्यक्रम समापन भएको जनाएको छ ।

विद्यालयले राष्ट्रिय सेवा सुरक्षा दलका प्रशिक्षक टिम र तालिममा सहभागि विद्यार्थीलाई आज एक कार्यक्रमका विच ३ महिने तालिम समापन कार्याक्रमको आयोजना गरेको छ ।  विद्यार्थीले आफुले जानेको सिप पुर्णरुपमा व्यवहारमा लागु गर्ने जनाएका छन् । साथै उकत कार्याक्रममा विद्यार्थीले शैनिक तालिमको पदर्शनी देखाएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...