News Portal

प्रभाकर माविमा सञ्चालित ३ महिने एनसीसी तालिम समापन

हिमाली संचार संवाददाता
४६४ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यानको पश्चिम क्षेत्रमा रहेको प्रभाकर माविमा सञ्चालित राष्ट्रिय सेवा सुरक्षा दलको ३ महिने एनसीसी तालिम सम्पन्न भएको छ ।  प्रभाकर मावि देवस्थलमा अध्यायनरत ३६ जना विद्यार्थीलाई उक्त तालिम प्रदान गरिएको छ ।

तालिमबाट विद्यार्थीले नैतिक आचारण, अनुसाशन, साधारण सैनिक तालिम, खुकुरी ड्रिल, एरोविक, टेक्वान्दो लगायतका तालिम हासिल गरेका छन् । ३ महिने तालिमका क्रममा विद्यार्थीलाई नैतीक आचारणका वारेमा वढि केन्द्रीत गराएको राष्ट्रिय सेवा सुरक्षा दलका प्रशिक्षक महेश पौडडेले वताउनु भयो ।

२१ दिन सम्म श्री राष्ट्रिय सेवा सुरक्षा पश्चिम तालिम शिक्षालय बाँकेमा सञ्चालित कार्यक्रममा विभिन्न प्रतियोगितामा समेत प्रभाकर माविका एनसिसि तालिम प्राप्त विद्यार्थीले ८ जिल्लाका १७ टिमलाई विभिन्न खेल प्रतियोगितामा विजय हासिल गरेको शिक्षक हिरालाल गौतमले जानकारि दिनु भएको छ । नसिसि तालिम प्राप्त विद्यार्थीको उक्त ३ महिने कार्यक्रम समापन भएको जनाएको छ ।

विद्यालयले राष्ट्रिय सेवा सुरक्षा दलका प्रशिक्षक टिम र तालिममा सहभागि विद्यार्थीलाई आज एक कार्यक्रमका विच ३ महिने तालिम समापन कार्याक्रमको आयोजना गरेको छ ।  विद्यार्थीले आफुले जानेको सिप पुर्णरुपमा व्यवहारमा लागु गर्ने जनाएका छन् । साथै उकत कार्याक्रममा विद्यार्थीले शैनिक तालिमको पदर्शनी देखाएका थिए ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...