News Portal

  • स्पोर्टस् मिटमा मिनिल्याण्ड बिजयी

    हिमाली संचार संवाददाता
    ४६९ पटक
    रबिन्द्र बराल, मोरङ

    मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेल शुक्रबार सम्पन्न भएको छ । रंगेलीमा माघ ९ गते देखि सुरु भएको क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको उपाधी मिनिल्याण्ड इग्लीस बोडिङ्ग स्कुल रंगेलीले जित हासिल गरेको छ ।

    ९ गतेदेखि भएको प्रतियोगितामा मिनिल्याण्ड इग्लीस बोडिङ्ग स्कुल रंगेलीले ६ स्वर्ण २ रजत र २ कास्य जितन सफल भएको हाे । उसले जित संगै प्रथम भई शिल, प्रमाणपत्र र मेडल हात पारेको छ ।

    त्यसैगरी विशाल इग्लीस बोडिङ्ग स्कुल सुनवर्षिले प्रतियोगितामा ४ स्वर्ण १ रजत र १ कास्य सहित दोस्रो स्थान अाेगटन सफल भएको हाे । त्यसैगरी
    स्टार इग्लीस बोडिङ्ग स्कुल रंगेली ८ दर्बेशा ले ३ स्वर्ण ५ रजत र १ कास्य सहित तेस्रो भएको छ ।

    खेलमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरुलाई माेरङ प्यापसन पुर्व अध्यक्ष शुनिल पाैडेल, बिकर्ण कार्की , माेति ढकाल, कृष्ण ढकाल,जीवन खनाल ,जितेन्द्र दास ,अभिषेक अधिकारी ,गाेपाल भट्टराई ,भुपेन्द्र राजवंशी लगायत ले मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

    उक्त खेलमा रतुवामाई, सुनवर्षि, रंगेली नगरपालीका र धनपालथान गाऊपालिका भित्र रहेका १३ निजि विद्यालय काे सहभागी रहेको थियो । खेल अबधि भर प्रतियोगिताको प्लेयर अफ द इयर छात्र तर्फ विशाल इग्लीस बोडिङ्ग स्कुल सुनवर्षिकी सपना राजवंशी र छात्रा तर्फ मिनिल्याण्ड इग्लीस बोडिङ्ग स्कुल रंगेलीका जिवन बहरदार समान ३/३ स्वर्ण सहित उत्कृष्ट घोषित भएका थिए ।

    फास्टर छात्रछात्रा तर्फ मिनिल्याण्डकै जिवन बहरदार र सुलेखा राजवंशी घोषित भए का छन। उक्त खेल ९ माघ देखी ११ गतेसम्म जनता क्याम्पस रंगेलीको खेल मैदानमा सञ्चालन भएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संख्यामा मात्रै निर्भर हुनु हुँदैन, वैधता र आत्मविश्वास आवश्यक: गगन थापा

    काठमाडौं, भदौ ४ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लोकतान्त्रिक निर्णय गर्दा केवल संख्या पर्याप्त...

    कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएकाको शव नेपाल ल्याउन सांसद शर्माको सरकारसमक्ष ध्यानाकर्षण

    काठमाडौं, भदौ ४ – कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु भएका र गम्भीर बिरामी परेका नेपालीको...

    रास्वपाद्वारा उपसभामुख इन्दिरा रानामगरमाथि आक्रमणको विरोध

    काठमाडौँ, भदौ ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरमाथि भएको आक्रमणको कडा...

    प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

    काठमाडौं, भदौ ४ – प्रतिनिधि सभामा आजका लागि तोकिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तिम समयमा आएर...

    गैरसरकारी संस्थाको खर्च सीमा तोक्ने विधेयकमा गृह मन्त्रालयले माग्यो राय

    काठमाडौं, भदौ  ४ – गैरसरकारी संस्थाको खर्च व्यवस्थापनलाई पारदर्शी र उत्तरदायी बनाउन सरकार अघि बढेको...