News Portal

स्पोर्टस् मिटमा मिनिल्याण्ड बिजयी

हिमाली संचार संवाददाता
५७३ पटक
रबिन्द्र बराल, मोरङ

मोरङ : स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरुभए खेल शुक्रबार सम्पन्न भएको छ । रंगेलीमा माघ ९ गते देखि सुरु भएको क्षेत्रीय स्तरीय प्याब्सन स्पोर्ट मिटको उपाधी मिनिल्याण्ड इग्लीस बोडिङ्ग स्कुल रंगेलीले जित हासिल गरेको छ ।

९ गतेदेखि भएको प्रतियोगितामा मिनिल्याण्ड इग्लीस बोडिङ्ग स्कुल रंगेलीले ६ स्वर्ण २ रजत र २ कास्य जितन सफल भएको हाे । उसले जित संगै प्रथम भई शिल, प्रमाणपत्र र मेडल हात पारेको छ ।

त्यसैगरी विशाल इग्लीस बोडिङ्ग स्कुल सुनवर्षिले प्रतियोगितामा ४ स्वर्ण १ रजत र १ कास्य सहित दोस्रो स्थान अाेगटन सफल भएको हाे । त्यसैगरी
स्टार इग्लीस बोडिङ्ग स्कुल रंगेली ८ दर्बेशा ले ३ स्वर्ण ५ रजत र १ कास्य सहित तेस्रो भएको छ ।

खेलमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरुलाई माेरङ प्यापसन पुर्व अध्यक्ष शुनिल पाैडेल, बिकर्ण कार्की , माेति ढकाल, कृष्ण ढकाल,जीवन खनाल ,जितेन्द्र दास ,अभिषेक अधिकारी ,गाेपाल भट्टराई ,भुपेन्द्र राजवंशी लगायत ले मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

उक्त खेलमा रतुवामाई, सुनवर्षि, रंगेली नगरपालीका र धनपालथान गाऊपालिका भित्र रहेका १३ निजि विद्यालय काे सहभागी रहेको थियो । खेल अबधि भर प्रतियोगिताको प्लेयर अफ द इयर छात्र तर्फ विशाल इग्लीस बोडिङ्ग स्कुल सुनवर्षिकी सपना राजवंशी र छात्रा तर्फ मिनिल्याण्ड इग्लीस बोडिङ्ग स्कुल रंगेलीका जिवन बहरदार समान ३/३ स्वर्ण सहित उत्कृष्ट घोषित भएका थिए ।

फास्टर छात्रछात्रा तर्फ मिनिल्याण्डकै जिवन बहरदार र सुलेखा राजवंशी घोषित भए का छन। उक्त खेल ९ माघ देखी ११ गतेसम्म जनता क्याम्पस रंगेलीको खेल मैदानमा सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...