News Portal

चौहरजारी सडक खण्डको पिचसँगै पुलको काम अघि वढाउन स्थानीयको माग

हिमाली संचार संवाददाता
४४२ पटक
दुर्गा वि.सी. सल्लिबजार

सल्यान : सल्लीवजार देखि रुकुम चौहरजारी सडक खण्डको ५ किमीबाटको स्तरवृद्धिको काम अलपत्र परेको छ । सल्लीवजार देखि बन्गाड कुपिण्डेकै वडा ५ को त्रिवेणी वजार नजिकै सम्मको लागि भनेर सिग्मा गाल्वा कन्ट्रशनले ११ करोडमा कामको जिम्मा लिएको थियो । सडक डिभिजन कार्यालय दाङ र कन्ट्रशनका नरहरी थपलिया विच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ श्रावाणमा सम्झौता भएको थियो । तर गाल्वा कन्ट्रशनका नरहरी थपलियाले ४९ लाख पेश्की वुझिर कामको जिम्मा दोस्रो व्यक्ती राम वहादुर विष्टलाई दिएका थिए ।

पेश्की एउटाले र काम अर्कोले गर्नु पर्दा डबल कटिङको काम समेत १८ महिना विती सक्यो अझै सकिएको छैन् । वर्षा समयमा हिलो र हिउँदे समयमा धुलाको सास्ती खेपिरहेका स्थानीय वर्षातमा काचो माटोले हिडुल गर्न समेत समस्या भएको दुखेसो पोख्छन्। काम हेर्ने सडक डिभिजन कार्याल दाङले भने कामको ताकेता प्रति चासो नदिएको देखिन्छ । ज्याला नपाए पछि मददुरहरुले ४ महिना अघि काम छाडेका थिए । चौहरजारी सडक खण्डमा काम गर्ने निमार्ण व्यवसायीहरु भने आधा काम गर्ने भाग्ने गरेका छन् । उक्त सडक खण्डमा ५ वर्ष अघि सुरु भएका काम समेत अलपत्र अवस्थामा छन् ।

सडक डिभिजन कार्यालय दाङले उक्त सडकमा कामको जिम्मा लिने तर पुरा काम नगर्ने निमार्ण कम्पनिलाई कारवाहिको सट्टा उल्टै पुन काम थमाउने गरेको देखिन्छ । उक्त ५ किमी बाटोको स्तरवृद्धिको काम समेत लथालिङ अवस्थामा छ। काम सुरु गरे देखि ठेकेदार साईडमा नआउँदा सडकमा काम गर्ने ज्यामीहरु ज्याला नपाई भागेका थिए । काम एउटाले गर्ने र पेश्की रकम अर्कोले वुझ्दा काम अलपत्र परेको छ । ५ महिना अघि निमार्ण भएको ग्रावेल र नाली समेत भत्तकीएको छ ।

कामको जिम्मा लगेका ठेकेदार राम वहादुर विष्ट र सिग्मा गाल्वाका कन्ट्रक्सनका नरहरी थपलिया भने सम्पर्कविहीन छन् । काम गर्ने र ठेक्काको सम्झौता गर्ने दुवै सम्पर्क विहीन रहेकाले काम अलपत्र परेको छ। सडक डिभिजन कार्यालय दाङ्घले भने ५ नंम्बर प्रदेशबाट सडक ६ नम्बर प्रदेशलाई हस्ताणतरण हुदाँ काममा ढिलाई भएको जनाएको छ ।

यता सुर्खेत डिभिजन कार्यालय सुर्खेतले भने सडक हस्तानतरण भयो तर सडक निर्माणको वजेट निकासा नहुदाँ समस्या भएको जनाएको छ । उक्त क्षेत्रको ५ किमी सडकसँगै नाथेखोलामा मुआव्जाको विवादले रोकिएको पक्की पुलको काम समेत छिटो अघि वढाउन स्थानीयले तिव्र आक्रोष व्यक्त गरेका छन् । पुलको काम र सडक पिचको काममा ढिलाई भएकोमा स्थानीय रुष्ट वनेका छन् । जति सक्यो छिटो कामलाई निरन्तरता दिन माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...