News Portal

प्रदेशस्तरीय यातायात व्यबस्था सेवा शुरु, मुख्यमन्त्री पौडेलले पाए पहिलो नम्बरको इलेक्ट्रिक गाडी

हिमाली संचार संवाददाता
४६२ पटक

हेटौंडा : हेटौंडामा प्रदेशस्तरीय यातायात व्यबस्था सेवा कार्यालय सञ्चालनमा आएको छ । प्रदेश–३ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्यालय सञ्चालनमा ल्याएको हो। हेटौंडा–११ स्थित थानाभ¥याङमा स्थापना गरिएको सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी दर्ता, वार्षिककर असुली, जाँचपास, इजाजतपत्र नवीकरण, पटकेकर र अस्थायी रुट परमिटको सेवा दिइने भएको छ ।

बुधबार सुरु कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रयोग गर्ने इलेक्ट्रिक गाडीलाई पहिलो नम्बर (प्रदेश–३–०३–००१ झ ०००१) प्रदान गरी सेवा सुरु गरिएको छ । प्रदेश संरचनाअनुसार प्रदेश–३ बाट पहिलो पटक सवारी दर्ता सुरु भएको हो। काठमाडौं बाहिर पहिलोपटक हेटौंडा कार्यालयले प्रदेश संरचनाबाट सेवा दिन सुरु गरेको छ ।

कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कार्यालय स्थापनासँगै सेवाग्राहीले काम भएन भनेर गरेको गुनासो सुन्न नपर्ने वातावरण बनाउन निर्देशन दिनुभयो । उहाँले प्रदेश संरचनाअनुसार पहिलो पटक सवारी दर्ता सुरु गरिएकाले केही प्राविधिक तथा अन्य समस्या पर्नसक्ने भन्दै त्यसका लागि मन्त्रालयसँग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।

केही दिनमा सवारीचालक अनुमतिपत्र नवीकरण पनि सुरु हुने कार्यालयले जनाएको छ । नयाँ सवारीचालक अनुमतिपत्रका लागि केही पूर्वाधार अभाव रहेकाले हाल सुरु नभएको कार्यालयले जनाएको छ ।

प्रदेशको यातायात सम्बन्धि ऐन प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी छ । त्यससम्बन्धि निर्देशिकासमेत निर्माण भइरहेकाले नयाँ अनुमतिपत्र बितरणको काम तत्काल सुरु गर्न नसकिएको हो ।

प्रदेश–३ को हेटौंडा कार्यालयले सेवा सुरु गरे पनि अन्य प्रदेशमा भने प्रदेश संरचनाअनुसार सवारी दर्ता सुरु भएको छैन । ३ नम्बर प्रदेशअन्तर्गत्का १० वटा यातायात कार्यालयमध्ये काठमाडौं उपत्यकाभित्रका ४ वटा कार्यालयले भने सवारी अनुमतिपत्र जारी गर्नुका साथै पुरानो प्रक्रियाबाट सवारी दर्ता गरिरहेका छन् । नेस

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...