आज : २०२६-०६-१३, शनिबार

सुख्खा पहिरो झरेर केहीबेर कालिगण्डकी नदी थुनियो

बागलुङ– मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पहिरो खस्दा कालीगण्डकी नदी केहीबेर थुनिएको छ। बुधबार बिहान १० बजे घरपझोङको वडा नं १ र २ को सीमानामा पर्ने छैरो भन्ने ठाउँमा पहिरो खस्दा नदि

थुनिएको हो।

नदीभन्दा माथि जमिन भासिएर आएको पहिरोका कारण केहीबेर नदी थुनिए पनि अहिले खुलिसकेको ४ नम्बर प्रदेश प्रहरी कार्यालयका इन्चार्ज एवम् डिआइजी दानसिंह बोहोराले जानकारी दिए ।

सुख्खा पहिरो गएपछि माटो र रुख विरुवा झरेपछि नदी थुनिएको जनाइएको छ।