News Portal

पक्षपात गरेको भन्दै धादिङ मालपोत कार्यालयमा ‘रमिता

हिमाली संचार संवाददाता
४०४ पटक

दया दुधराज-  धादिङ  जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको  उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन्

केही दिनअघि आफ्नो श्रीमतीको नाममा लालपुर्जा बनाउन पुगेका एक सेवाग्राहीले आफूलाई पक्षपातपूर्ण व्यबहार गरेको भन्दै खरिददार रामचन्द्र महर्जनलाई गालीगलौज गर्दै कुटपीट समेत गर्न तम्सेका थिए ।

‘एक हप्ताअघि लालपुर्जा बनाउन त्यो व्यक्ति आएको थियो । यहाँ काम चापाचाप थियो । म मुठ भेडाउँदै थिएँ । लालपुर्जा त म बनाइहाल्थेँ,’खरिदार महर्जनले दियोपोस्टसँग भने,‘एक्कासी मलाई कुट्न खोजेपछि केही साथीहरुले रोके । म जोगिएँ ।’

महर्जनलाई सेवाग्राहीले थुकेको समेत सुनिन्छ । आफूभन्दा ढिलो आउने सेवाग्राहीको काम गरिदिने तर आफ्नो फाइल भने रोकेर राखिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । तर जवाफमा महर्जनले भने पख्नुस् भन्दै एक छिन कुर्न आग्रह गरेको देखिन्छ ।

‘हामी अहिलेदेखि उभिएको हो ? तपाईंले हामीलाई हेपेको हो, तपाईंले के सम्झनु भएको छ (मुड्की बजार्दै) मु…’ उनले भनेकाछन्,‘तपाईंहरु जस्तोले गर्दा खुकुरी हान्ने बाध्यता बनाउँछ ।

तामाङ जातीलाई भनेर हेपेको हो ।’ उनले यस्तो बोल्दै गर्दा उनकी श्रीमतीले भने चुपो लाग्नुस् भनिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...

कुवेतस्थित नेपाली दूतावासको फेसबुक पेजमा कमेन्ट किन बन्द गरियाे?

काठमाडौँ–  नेपाली दूतावास कुवेतले आफ्नो आधिकारिक फेसबुक पेजमा आउने कमेन्टहरू बन्द गरेपछि यतिबेला उक्त निर्णयबारे...