News Portal

पक्षपात गरेको भन्दै धादिङ मालपोत कार्यालयमा ‘रमिता

हिमाली संचार संवाददाता
३८३ पटक

दया दुधराज-  धादिङ  जिल्ला मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई पक्षपात गरेको भन्दै एक सेवाग्राहीले मालपोत कार्यालय धादिङका कर्मचारीलाई थुकेका छन् । आफूले थुकेको  उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक समेत गरेका छन्

केही दिनअघि आफ्नो श्रीमतीको नाममा लालपुर्जा बनाउन पुगेका एक सेवाग्राहीले आफूलाई पक्षपातपूर्ण व्यबहार गरेको भन्दै खरिददार रामचन्द्र महर्जनलाई गालीगलौज गर्दै कुटपीट समेत गर्न तम्सेका थिए ।

‘एक हप्ताअघि लालपुर्जा बनाउन त्यो व्यक्ति आएको थियो । यहाँ काम चापाचाप थियो । म मुठ भेडाउँदै थिएँ । लालपुर्जा त म बनाइहाल्थेँ,’खरिदार महर्जनले दियोपोस्टसँग भने,‘एक्कासी मलाई कुट्न खोजेपछि केही साथीहरुले रोके । म जोगिएँ ।’

महर्जनलाई सेवाग्राहीले थुकेको समेत सुनिन्छ । आफूभन्दा ढिलो आउने सेवाग्राहीको काम गरिदिने तर आफ्नो फाइल भने रोकेर राखिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । तर जवाफमा महर्जनले भने पख्नुस् भन्दै एक छिन कुर्न आग्रह गरेको देखिन्छ ।

‘हामी अहिलेदेखि उभिएको हो ? तपाईंले हामीलाई हेपेको हो, तपाईंले के सम्झनु भएको छ (मुड्की बजार्दै) मु…’ उनले भनेकाछन्,‘तपाईंहरु जस्तोले गर्दा खुकुरी हान्ने बाध्यता बनाउँछ ।

तामाङ जातीलाई भनेर हेपेको हो ।’ उनले यस्तो बोल्दै गर्दा उनकी श्रीमतीले भने चुपो लाग्नुस् भनिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...