News Portal

पत्याउनु हुन्छ माघ महिनामा पनी धान रोपाई ?

हिमाली संचार संवाददाता
५०२ पटक
रबिन्द्र बराल, मोरङ

के पत्याउनु हुन्छ? माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक नजिकै र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकैमा रहेको १५ बिघा खेतमा अहिले धान राेपाई धमाधम भइरहेको छ । माघ महिनाको जाडोकाे समयमा महिला मजदुर महिलाहरु एकाबिहानै देखि हिलाम्मे खेतमा धान रोप्न ब्यस्त हुन थालेका छन ।

सो क्षेत्रमा रहेको सयौं बिघा खेतमा अहिले कृषकहरु धान रोपाँईमा ब्यस्त हुन थालेका छन । नेपाल सरकारले कागजमा जन मजदुर गर्ने महिला वा पुरुषलाई ज्याला तय गरेता पनि त्याे भनेे ब्यवहारमा लागू हुन सकेको छैन । ५ सय रुपैयाँ ताेके पनि महिलाहरुले एक दिन धान राेपे पुरुषलाई ३ सय रुपैयाँ दिएता पनि महिलाहरुलाई १ सय मात्रै दिने गरेको पार्वती ऋिषिदेव ले बताएईन ।

रंगेलीका २५ बर्षका भरत राजवंशीले बिगत २० बर्ष देखि ३ बिघा खेतमा धान खेती गर्दै अाफुहरुले ठेक्कामा धान राेप्न लगाउने गरेकाे बताए। ३ बिघा खेतमा दुई बालि घान मात्रै लगाउने गरेका छन । माटो नराम्रो भएका कारण अरु वालि नहुने भएको हुनाले दुख गरेर धान खेती मात्रै लगाउने गरेको र अरु समयमा खेत बाझै छाडने गरेको उनले बताए।

अहिले उक्त खेतमा घुटराज धान राेपी रहेका छन ।माघमा रोपेको धान जेठ महिनामा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोपने गरेको उनलेे बताए । अहिले खेति गर्ने धेरै मेहनत गर्नुपर्ने र खर्च समेत बडिनै गर्नुपर्ने काे समेत बताए । सो खेतमा ३सय मन सम्म धान उत्पादन हुने गरेको छ । अहिले वैदेशिक रोजगारीले गर्दा खेत बारीमा काम गर्ने मजदुरहरु समेत नपाउने गरेको र जन मजदुर नहुदा खेतीपाती गर्ने समस्य समेत परेको राजवंशीले बताए ।

धान रोपी सकेपछि सो धानमा हाल्ने औषधी र मलहरु नेपाल सरकारले समयमै उपलब्ध नगराउदाँ कृषकहरुले चर्काे मुल्यमा किन्नु पर्ने बाध्यता रहेको र भारतबाट मल ल्याउदा समेत भारतीय प्रहरी र नेपाल प्रहरीले अाफुहरुलाई दुख दिने गरेको गुनासो पाेखे । सिचाईको लागि मोटर लगाएर पानी हाल्नु पर्ने र यस भेगमा नहरको समेत बेवास्ता नभएको बताए।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...