आज : २०२६-०७-०४, शनिबार

जिप दुर्घटना हुदाँ ६ घाईते !

सल्यानको गर्चेवजारबाट नेपालगञ्जका लागि छुटेको लु १ झ ३९२८ नम्बरको कुमाख यातायातको जिप आज दिउँसो सुर्खेतको गुर्भाकोट नगरपालीका र भेरीगंगा नगरपालिकाको सिमानामा दुर्घटना भएको छ। गाडिमा सवार ६ जना घाईते भएका छन् ।

जुम्ला सिजाका दिपक हमाल, सोही स्थानका मान वहादुर सार्कि,बनगडा कुपिण्डे नगारपालिका,५ का रुपसिं वस्नेत,वडा ७ की गोमा वुढा,बनगाड कुपिण्डे नगरपालिका वडा ५ नीवासि गाडि मालिक विरेन्द्र नेपाली र वडा ४ नीवासि गाडि चालक चन्द्र परियार घाईते भएका छन् ।

घाईते सवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको जनाएको छ । गाडि मालिक नेपाली र चालक परियार भने गम्भीर घाईते भएका छन् । जीप तीव्रगतीमा भएकोले अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ।