News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • वैदेशिक रोजगारीमा जानेले बोक्न पाउने विदेशी मुद्रामा भारी कटौती

    हिमाली संचार संवाददाता
    ३७० पटक

    काठमाडौं : सरकारले वैदेशिक विनिमय सञ्चितिलाई बलियो बनाउन भन्दै वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा पनि भारी कटौती गरेको छ । अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा पाउने छन् । यसअघि ५ सय डलर सम्मको वैदेशिक मुद्रा लिएर कामदार विदेशिन पाउँथे ।

    नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरसम्म मात्रै सटही सुविधा दिन भन्दै एक निर्देशन जारी गरेको छ । रोजगारीमा जानेका लागि २ सय डलर पर्याप्त हुने दावी राष्ट्र बैंकका अधिकारीहरुको छ । कामदार विदेश पुगेपछि उसको खर्च रोजगारदाता कम्पनीले गर्ने भएकाले ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिन नदिन यस्तो व्यवस्था गरिएको उनीहरु बताउँछन् ।

    पछिल्लो सयममा सरकारको विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा छ । मंसिरसम्मको तथ्यांकअनुासर सञ्चितिले ७.८ महिना मात्रै आयात धान्न सक्छ।सरकारले हाल वैदेशिक शिक्षाका लागि जानेहरुले प्रतिव्यक्ति १५ सय अमेरिकी डलर मात्रै लैजान पाउने व्यवस्था गरेको छ । कात्तिकसम्म २५ सय डलरससम्म लैजान पाइन्थ्यो ।

    हाल कुल विदेशी विनिमय सञ्चिति असार मसान्तको तुलनामा ३.३ प्रतिशतले कमी आई मंसिर मसान्तमा १० खर्ब ६५ अर्ब ८० करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ७.९ प्रतिशतले कमी आई २०७५ मंसिर मसान्तमा ९ अर्ब २९ करोड रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...

    लामिछाने–जोशी प्रकरण : अदालतमा बहस सम्पन्न, आजै निर्णय आउने संकेत

    काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक...