News Portal

इटालियन सिरीए फुटबलमा युभेन्टस ३–० ले विजयी

हिमाली संचार संवाददाता
४६१ पटक

इटालियन सिरीए फुटबलमा लिग लिडर युभेन्टसले चिभोलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले चिभो माथि ३–० गोल अन्तरले सहज जित निकालेको हो । युभेन्टसको जितमा डौग्लास कोष्टा, इम्रे केन र ड्यानिइल रुगनीले गोल गरे ।

युभेन्टसले तीन गोल गरेपनि क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । खेलको १३औं मिनेटमा नै कोष्टाको गोलबाट युभेन्टसले अग्रता लिएको थियो । ४५औं मिनेटमा केनको गोलसँगै युभेन्टसले दोब्बर अग्रता बनाएको थियो ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको युभेन्टसले दोस्रो हाफमा थप एक गोल गर्दै ३–० गोलको जित निकालेको हो । खेलको ८४औं मिनेटमा रुगनीले गोल गरेका थिए ।

जितपछि लिग लिडर युभेन्टसले २० खेलबाट ५६ अंक बनाएको छ । पराजित चिभोको भने २० खेलबाट आठ अंक मात्रै रहेको छ । लिगको दोस्रो स्थानमा भने नेपोली रहेको छ । उसको २० खेलबाट ४७ अंक रहेको छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...