News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • वडाअध्यक्षका छोराले कुटे पत्रकार तेजनलाई, पत्रकार कुट्नेलाई कार्वाहीको लागि युनियनको माग

    हिमाली संचार संवाददाता
    ३६० पटक

    मोरङ : सरकारी अनुदानको मकैको बीउ कृषकलाई बिक्री गर्ने मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष कुल बहादुर कार्की र वडा नम्वर ९का अध्यक्ष बम बहादुर फ्याकको कुकृत्य सार्वजनिक भएपछि पत्रकार माथि कुटपिट गरिएको छ ।

    नगरपालिकाले आफ्नो वडाका कृषकलाई बिनाशर्त निशुल्क वितरण गर्न भनेर दिएको ३ लाख मुल्य बराबरको मकैको बीउ वडाध्यक्षहरु कार्की र फ्याकले वडामा लगेर बिक्री गरेका थिए ।

    सोही समाचार हाम्राकुरा डटकम लगायत सञ्चार माध्यममा सम्प्रेषण गरेको भन्दै शनिवार बेलुका उर्लाबारीका पत्रकार तेजन खड्का माथी आक्रमण भएको हो । खड्कालाई वडाध्यक्ष बम बहादुर फ्याकका छोरा कमल फ्याकले हातपात गरेका हुन् ।

    घरमै रहेका खड्कालाई मदिरा पियर आएका कमलले एक्कासी किन समाचार लखिस भन्दै हातपात गरेका थिए । छोरामाथि एक्कासी आक्रमण भएपछि छुट्टयाउन गएकी खड्काको आमालाई पनि कमलले लछारपछार गर्दै दुर्व्यवहार गरेका छन्।

    घटनाको जानकारी स्थानियले गराएपछि इलाका प्रहरी कार्यालय उर्लावारी आक्रमण गर्ने कमललाई नियन्त्रणमा लिएको छ। कमल फ्याकले पत्रकारहरुलाई अपशब्द प्रयोग गरेर सामाजिक सञ्जालमा गाली गलौज पनि गरेका थिए।

    समाचार लेखेकै आधारमा पत्रकार खड्कामाथि वडा अध्यक्षका छोराले आक्रमण गर्ने कायको नेपाल प्रेस युनियनले भत्सर्ना गरेको छ। युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाली दोषी कमल फ्याकलाई कार्वाहीको माग गर्दै भएरहित वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरणका लागि सरोकारवाला पक्षसँग माग गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...