News Portal

छिन्चुजाजरकोट मुख्य सडकमा कालोपत्र उप्किएर बन्यो पानीको ताल, सम्बन्धित निकाय बेखबर

हिमाली संचार संवाददाता
४८३ पटक

जाजरकोट : छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । २ वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा कालोपत्र उप्किएर भैँसी बस्न मिल्ने पानीको ताल बने पनि मर्मत नहुँदा समस्या भएको सवारीसाधन चालक बताउँछन् ।

सो सडकमा सानाठूला गाडी र मोटरसाइकललाई पानीको ताल बनेका खाल्डा पार गर्न सास्ती हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तरपनि चौरजहारीको सडक डिभिजन कार्यालय, जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले भने नदेखे झैँ गरेको नागरिकको गुनासो छ । मटेलादेखि बोहराको उकालो हुँदै शान्ति चौतारा र ठाँटीबजारसम्मको कालोपत्रे सडकमा खाल्डाले यात्रा समस्यापूर्ण बनाएको छ । खाल्डा खुल्डीले सडक बिग्रदै गएको छ ।

भेरी नगरपालिका–१ का रामबहादुर रानाले भन्नुभयो, “खाल्डा पुर्ने या सडक मर्मत गर्नेबारे कोही कसैले पनि अहिलेसम्म मतलब गर्दैनन्, पासागाडको छेउमा मात्र होइन उक्त सडकखण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर बजारदेखि सदरमुकाम खलङ्गासम्मको कालोपत्र गरिएको सडकमा साना ठूला गरी सयौँ खाल्डा भए पनि कसैले नदेख्दा दुःख लाग्छ।

सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समयदेखि ज्यूँका त्यूँ छ । यातायात व्यवसायी कालीबहादुर खत्री प्रश्न गर्नुहुन्छ, “सधैँ नेताहरु र ठूला कर्मचारी यही सडकमा हिँड्छन् तर कहिले पनि बिग्रेको सडक किन देख्दैनन होला ?

छिन्चु–जाजरकोट सडकखण्डको ३९ किलोमिटर लम्बाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यानको १०२ किमी सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधन निर्वाध चल्न अप्ठयारो हुँदै आएको छ । सडकको अवस्था बिग्रँदै गएको र सरोकारवालाले सडक मर्मत र सुधार गर्नेतर्फ कुनै चासो नदिएका कारण आफूहरुले निकै जोखिम र कष्ट बेहोर्नु परेको यातायात व्यवसायी बताउँछन् । सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएका वर्षात्को पहिरोले सवारी आवातजावतमा कठिनाई भोग्नुपनरेको व्यवसायीको गुनासो छ ।

जनता र यातायात व्यवसायीलाई भएको दुःख छ देखुन् पनि कसरी ? अर्का व्यवसायी जनक थापाले भन्नुभयो, “जनताले कति दुःख पाएका छन्, त्यो नेताले र राष्ट्रसेवकले गतिलो अनुभूति नगर्दा वर्षाैँ सम्म सडकको बेहाल बनेको छ ।” भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको र खाल्डाखुल्डी परेकाबारेमा सडक विभागसँग आफूले तत्काल कुरा गर्ने बताउनुभयो । नगरप्रमुख घर्तीले भन्नुभयो, “नगरपालिकाकोतर्फबाट अग्रसरता लिएर आफ्नो क्षेत्रको कालोपत्र र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने अभियानमा छौँ ।

स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि जनप्रतिनिधिले खासै चासो र पहल नलिएको गुनासो गर्ने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त प्रमुख कुशल भुसालले सडक बिग्रेकाबारे आफूलाई जानकारी नभएको बताउनुभयो । “ सडकका खाल्डाखुल्डी पुर्ने लगायत जे जे गर्न सकिन्छ पहल गर्छु, अहिले भने चिसोका कारण कालोपत्रे गर्न समस्या छ”, उहाँले भन्नुभयो । रासस

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...