News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • छिन्चुजाजरकोट मुख्य सडकमा कालोपत्र उप्किएर बन्यो पानीको ताल, सम्बन्धित निकाय बेखबर

    हिमाली संचार संवाददाता
    ३६५ पटक

    जाजरकोट : छिन्चु–जाजरकोट सडकको विभिन्न ठाउँमा सडक भत्किएको कारण दुर्घटनाको जोखिम बढेको छ । २ वर्षअघि जाजरकोट सदरमुकामको भेरी नगरपालिका– ११ पासागाड खोला नजिकै कालोपत्रे सडक भत्किएर दुई वटा ठूला खाल्डा परे पनि मर्मत गर्नेतर्फ कसैले ध्यान नदिँदा दुर्घटनाको जोखिम बढेको हो । सदरमुकाम प्रवेशको मुख्य सडकको बाटोमा कालोपत्र उप्किएर भैँसी बस्न मिल्ने पानीको ताल बने पनि मर्मत नहुँदा समस्या भएको सवारीसाधन चालक बताउँछन् ।

    सो सडकमा सानाठूला गाडी र मोटरसाइकललाई पानीको ताल बनेका खाल्डा पार गर्न सास्ती हुन थालेको दुई वर्ष पुग्न लाग्यो । तरपनि चौरजहारीको सडक डिभिजन कार्यालय, जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले भने नदेखे झैँ गरेको नागरिकको गुनासो छ । मटेलादेखि बोहराको उकालो हुँदै शान्ति चौतारा र ठाँटीबजारसम्मको कालोपत्रे सडकमा खाल्डाले यात्रा समस्यापूर्ण बनाएको छ । खाल्डा खुल्डीले सडक बिग्रदै गएको छ ।

    भेरी नगरपालिका–१ का रामबहादुर रानाले भन्नुभयो, “खाल्डा पुर्ने या सडक मर्मत गर्नेबारे कोही कसैले पनि अहिलेसम्म मतलब गर्दैनन्, पासागाडको छेउमा मात्र होइन उक्त सडकखण्डको जाजरकोट र सुर्खेतको सिमाना रहेको छेडाचौर बजारदेखि सदरमुकाम खलङ्गासम्मको कालोपत्र गरिएको सडकमा साना ठूला गरी सयौँ खाल्डा भए पनि कसैले नदेख्दा दुःख लाग्छ।

    सडकमा खाल्डाखुल्डी र भत्केको सडक लामो समयदेखि ज्यूँका त्यूँ छ । यातायात व्यवसायी कालीबहादुर खत्री प्रश्न गर्नुहुन्छ, “सधैँ नेताहरु र ठूला कर्मचारी यही सडकमा हिँड्छन् तर कहिले पनि बिग्रेको सडक किन देख्दैनन होला ?

    छिन्चु–जाजरकोट सडकखण्डको ३९ किलोमिटर लम्बाइ पर्ने जाजरकोट क्षेत्रमा मात्र होइन सुर्खेत र सल्यानको १०२ किमी सडक क्षेत्रमा पनि सडकका खाल्डाखुल्डीले यातायातका साधन निर्वाध चल्न अप्ठयारो हुँदै आएको छ । सडकको अवस्था बिग्रँदै गएको र सरोकारवालाले सडक मर्मत र सुधार गर्नेतर्फ कुनै चासो नदिएका कारण आफूहरुले निकै जोखिम र कष्ट बेहोर्नु परेको यातायात व्यवसायी बताउँछन् । सडकका खाल्डाखुल्डी र सडकमा थुप्रिएका वर्षात्को पहिरोले सवारी आवातजावतमा कठिनाई भोग्नुपनरेको व्यवसायीको गुनासो छ ।

    जनता र यातायात व्यवसायीलाई भएको दुःख छ देखुन् पनि कसरी ? अर्का व्यवसायी जनक थापाले भन्नुभयो, “जनताले कति दुःख पाएका छन्, त्यो नेताले र राष्ट्रसेवकले गतिलो अनुभूति नगर्दा वर्षाैँ सम्म सडकको बेहाल बनेको छ ।” भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले सडक भत्केको र खाल्डाखुल्डी परेकाबारेमा सडक विभागसँग आफूले तत्काल कुरा गर्ने बताउनुभयो । नगरप्रमुख घर्तीले भन्नुभयो, “नगरपालिकाकोतर्फबाट अग्रसरता लिएर आफ्नो क्षेत्रको कालोपत्र र कच्ची सडकको मर्मत तथा स्तरोन्नतिका लागि पहल गर्ने अभियानमा छौँ ।

    स्थानीय जनताले भने जिल्लाको सडक निर्माणका क्रममा सडक विभाग र निर्माण व्यवसायीले गुणस्तरहीन काम गरे पनि जनप्रतिनिधिले खासै चासो र पहल नलिएको गुनासो गर्ने गरेका छन् । सडक डिभिजन कार्यालय चौरजहारीका निमित्त प्रमुख कुशल भुसालले सडक बिग्रेकाबारे आफूलाई जानकारी नभएको बताउनुभयो । “ सडकका खाल्डाखुल्डी पुर्ने लगायत जे जे गर्न सकिन्छ पहल गर्छु, अहिले भने चिसोका कारण कालोपत्रे गर्न समस्या छ”, उहाँले भन्नुभयो । रासस

    प्रतिकृया दिनुहोस्

    रोल्पामा निर्दोष कुकुरको क्रूर हत्या : दुई किशोर पक्राउ, एक अझै फरार

    रोल्पा, वैशाख ७ – रोल्पा जिल्लाको लुङग्री गाउँपालिका–७ स्थित हारजङ भन्ने गाउँमा एक हृदयविदारक घटना...

    राप्रपाको प्रदर्शनमा शीर्ष नेताको अनुपस्थिति, विक्रम पाण्डे निषेधित घेराबाटै फर्किए

    काठमाडौं, वैशाख ७ – काठमाडौंमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको विरोध प्रदर्शन निषेधित...

    काठमाडौंका सडकमा ट्राफिक जाम, प्रदर्शन र सुरक्षा व्यवस्थाले सवारी अवरुद्ध

    काठमाडौं, वैशाख ७ — राजधानीका प्रमुख सडकहरू आइतबार बिहानदेखि सवारी चापले अस्तव्यस्त बनेका छन्। शिक्षक...

    काठमाडौंमा सुरक्षा कडा, निषेधित क्षेत्र नाघे कडा कारबाही हुने चेतावनी

    काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा गर्ने शान्तिपूर्ण प्रदर्शनलाई लक्षित गर्दै...

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...