News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विश्व बैंकको नेपाललाई सुझाव : शैक्षिक गुणस्तर वृद्धि गर

    हिमाली संचार संवाददाता
    ३९८ पटक

    काठमाडौं– विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको छ । शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यक्ता औंल्याएको हो ।

    शिक्षाको पहुँच विस्तारमा भने नेपालको अवस्थामा उल्लेख्य सुधार आएको विश्व बैंकको निष्कर्ष छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विश्व बैंकका प्राक्टिस म्यानेजर क्रिष्टियन एईडोले लैंगिक दृष्टिकोणले हेर्ने हो भने पनि नेपालको शैक्षिक अवस्था समदुरीमा रहेको उल्लेख गरे ।

    उनले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्न दूर्गम भेगका विद्यालय तहको शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए । कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.स्वर्णिम वाग्लेले मुलुकको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षण सिकाई क्रियाकलापमै परिवर्तन गर्नुपर्नेमा जोड दिए । संविधान र कानुनले गुणस्तरीय शिक्षामा जोड दिएपनि त्यसलाई अघि बढाउन शिक्षण सिकाई क्रियाकलाप सोही अनुसार हुनुपर्ने उनको भनाई छ ।

    विश्व बैंकले नेपालको विद्यालय तह र उच्च शिक्षाको गुणस्तर सुधारमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...