News Portal

सल्यानमा हतौडा प्रहार गरी एक ब्यक्तिको हत्या

हिमाली संचार संवाददाता
५६७ पटक
दुर्गा वि.सी. सल्लिबजार

माघ ४, सल्यान
सल्यानमा बिहेको निम्ता दिन गएका एक ब्यक्तिको हतौडा प्रहार गरी हत्या भएको छ । जिल्लाको शिद्धकुमाख गाउँपालीका वडा नम्बर २ को फुलगाउँमा एक ब्यक्तिले आफनै छिमेकीलाई हतौडा प्रहार गरी हत्या गरेका छन ।

छोराको बिहेको लागी निम्ता दिन गएका शिद्धकुमाख गाउँपालीका २ साल्घारीका ४२ बर्षिय यमन बोहरा लाई सोही ठाउँका ४७ बर्षिय शालीकराम चलाउनेले हतौडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छोराको बिहेको लागी शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरिएको प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिनुभएको छ ।

मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगी रोटी खादै गर्दा एकासी हतौडा टाउमा प्रहार गरी हत्या गरिएको उहाँले बताउनु भयो । घटना बिहान ८ बजेको भए पनि ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो । उनिको मानसीक अबस्था ठिक नभएको समेत स्थानीयले बताएका छन ।

घटना लगतै चलाउने फरार रहेका थिए । उनि घर नजिकैको जगंलमा गएर लुकीरहेको अवस्थामा प्रहरीको खोजिकार्य पछि प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यलय सल्यानका सुचना अधिकारी गीरीराज भण्डारीले जानकारी दिनुभएको छ ।

मृतकको लास पोष्टमार्टमका लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको उहाँले बताउनु भयो । मृतक बोहराका १ छोरा र १ छोरी रहेका छन ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...