News Portal

कक्षा १२ को परीक्षाफल सार्वजनिक

हिमाली संचार संवाददाता
६५७ पटक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा १२ को नियमित तथा आंशिकतर्फको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा बोर्डले गत वैशाखमा पहिलोपटक ग्रेडिङ प्रणालीअन्तर्गत सञ्चालन गरेको परीक्षाको परीक्षाफल बिहीबार प्रकाशित गरेको हो ।

परीक्षामा नियमिततर्फ दुई लाख ९९ हजार ६७५ परीक्षार्थी सहभागी भएकामा एक हजार १६९ ले ३.६१ देखि ४ जीपीए ल्याएका छन् । परीक्षा बोर्डका अनुसार, ११ हजार २२१ ले ३.२१ देखि ३.६०, २७ हजार ६४३ ले २.८१ देखि ३.२० ल्याएका छन् । त्यसैगरी, २.४१ देखि २.८० ल्याउनेकाे संख्या ५८ हजार ३४५ छ ।

बाेर्डका अनुसार, ९० हजार २९९ ले २.१ देखि २.४०, ६६ हजार ४३८ ले १.६१ देखि २ अंक हासिल गरेका छन् । २२ हजार ७३४ ले १.२१ देखि १.६० ल्याएका छन् भने ०.८१ देखि १.२० ल्याउने चार हजार ४८७ छन् । ०.०० देखि ०.८० ल्याउने १९९ जना छन् ।

त्यसैगरी आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जानकारी दिएकाे छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...