News Portal

अंग्रेजी बोल्दा २ प्रहरी जवानले कुटे सोमबहादुरलाई, पेटमा ५२ वटा टाँका !

हिमाली संचार संवाददाता
५१९ पटक

कास्की : सामान्य भनाभन मै प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका–६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ ।

प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो । पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले जानकारी दिए ।

‘उहाँको पेटमा दुई लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।’ अप्रेसनपछि बिरामीले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए।

घाइतको उपचारका लागि बस्नेतकी श्रीमती कृष्णकुमारी सहित उनका आफन्त पोखरामा छन् । बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ बढी टाँका लगाइएको परिवार स्रोतले जानकारी दियो । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।

कसरी भयो यस्तो अप्रिय घटना !

सोमबहादुर बस्नेत, कृष्णबहादुर खत्री र बिक्की गैरे गएको पुस २९ गते गलकोट नगरपालिकाको वडा ६ बाट ३ तर्फ झोलुङे पुल हुँदै जाँदै थिए । हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग उनीहरुको बाटोमै जम्काभेट भयो । बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गरेर बोलाए ।

कृष्णबहादुर खत्रीका अनुसार आफूहरु तीनजनाले मदिरा सेवन गरेको भए पनि प्रहरीलाई नराम्रो नबोलेको बताउँछन् । ‘हाम्रो साथी बिक्कीसँग प्रहरीको चिनचान रहेछ’, उनले भने, ‘प्रहरीले अपशब्द प्रयोग गरेर बोलायो, सोमले “ह्वाट् डु यु मिन” भनेर त्यहि शब्द दोहोर्‍याउँदा अंग्रेजीमा कुरा गर्छस्, ठूलो बन्छस् । यो अमेरिका हो भन्दै कुटे ।’ बिक्कीको प्रहरीसँग चिनेजानेको भएकाले उसलाई केही नगरेको खत्रीले बताए ।

आफूलाई र सोमलाई बुट र लाठी बजारेको उनको भनाई छ । ‘मैले अलिअलि पन्च ब्लक गरे, सोमको पहिले पनि हात अप्रेसन गरेको थियो, उ अलि कमजोर नै हो । उसले छेक्न सकेन । सोममाथि प्रहरी जाइलागे’, उनले थपे । युनिफर्म सहित ड्युटीमा खटिएका प्रहरीले बिना कारण रिस पोखेको उनले सुनाए । प्रहरी एकाएक आवेशमा आएर कुटपिट गर्यो । ‘हाम्रो गल्ती भए चौकीमा लैजानुस भन्दाभन्दै सोमलाई घाइते हुनेगरी कुटे दुःख लागेको छ ।

राष्ट्रसेवक प्रहरी आफ्नो दायित्व बिर्सेर जनतामाथि अन्याय गरेको गलकोट नगरपालिका वडा नम्बर ६ की सदस्य मनकुमारी पाण्डेले आरोप लगाइन् । वडाले घटनामा संलग्न प्रहरी माथि कारवाहीको माग गरेको उनले जानकारी दिइन ।

कुटपिटमा संलग्न भएको आरोप लागेका प्रहरी जवानद्वय विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा थप अनुसन्धानका लागि तानिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एसपी बिनोद रेग्मीले जानकारी दिए ।

‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएको छ’, एसपी रेग्मीले भने, ‘पुरानै रिसिइबी हो कि आवेशमा आएर तत्कालै प्रतिक्रिया जनाउँदा त्यस्तो घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।

मदिरा सेवन गरेर आएका व्यक्तिसँग सामान्य भनाभनमै प्रहरीले अनुचित बल प्रयोग गरेको भन्ने पुष्टि भएमा विभागिय कारवाहीका लागि प्रहरी जवानद्वयलाई जिल्ला तानिने एसपी रेग्मीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...