News Portal

मोडल कान्छीमाया घलेको चरेश धन्दा !

हिमाली संचार संवाददाता
४३५ पटक

काठमाडौं : मोडल कान्छीमाया घले १४ किलोग्राम चरेशसहित पक्राउ परेकी छिन् । नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घले काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट पक्राउ परेकी हुन् ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले कान्छीमायालाई बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट पार्सल गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यावसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका डीआईजी दिनेश अमात्यले भने,‘‘अगरबत्तीमा चरेश र्‍यापिङ गरेर पठाएको यो तस्करीको नयाँ शैली हो । हामीलाई शंका लागेपछि चेकजाँच गर्दा पार्सल गरिरहेको अवस्थामा फेला पारेका हौं ।’’ बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

‘‘कान्छीमायाले आफैँले चरेशको अवैध धन्दा गर्न लागेको साबिती बयान दिएकी छिन् । तर यसबारे अनुसन्धान जारी छ । चरेश कसले मगाएको थियो ? अनुसन्धानकै क्रममा छौं,’’ उनले भने । नेपालको विमानस्थल प्रयोग गरेर चरेश तेस्रो मूलुक पठाउन लागेको यो नयाँ शैलीको तस्करी भएको ब्यूरोले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...