News Portal

सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार, अवस्था गम्भीर

हिमाली संचार संवाददाता
५४८ पटक

राजविराज : सप्तरीमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारमाथि बुधवार साँझ गोली प्रहार भएको छ । खड्ग नगरपालिकाको बिसनपुर चौकमा ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

ढाडमा गोली लागेका हवल्दार यादवको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगर पठाइएको एसपी विष्टले बताए । घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा समेत भेटिएको छ ।

यसैबिच आफूलाई प्रगतिशील तराई मुक्ति मोर्चाका सैन्य प्रमुख बताउने निशान्तले कान्तिपुर सग टेलिफोन सम्पर्क गरी आफूहरूको सङ्गठनले कारबाही स्वरूप प्रहरीमाथि गोली प्रहार गरेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् ।

घटनापछि सप्तरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नाकाहरूमा व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा लामो समयपछि सशस्त्र समूहबाट प्रहरीमाथि आक्रमण भएको हो ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...