News Portal

  • सप्तरीमा प्रहरी हवल्दारमाथि गोली प्रहार, अवस्था गम्भीर

    हिमाली संचार संवाददाता
    ४५४ पटक

    राजविराज : सप्तरीमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारमाथि बुधवार साँझ गोली प्रहार भएको छ । खड्ग नगरपालिकाको बिसनपुर चौकमा ड्युटीमा रहेका बेला प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

    ढाडमा गोली लागेका हवल्दार यादवको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि विराटनगर पठाइएको एसपी विष्टले बताए । घटनास्थलबाट प्रगतिशील तराई मुक्ति मोर्चाको पर्चा समेत भेटिएको छ ।

    यसैबिच आफूलाई प्रगतिशील तराई मुक्ति मोर्चाका सैन्य प्रमुख बताउने निशान्तले कान्तिपुर सग टेलिफोन सम्पर्क गरी आफूहरूको सङ्गठनले कारबाही स्वरूप प्रहरीमाथि गोली प्रहार गरेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् ।

    घटनापछि सप्तरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नाकाहरूमा व्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा लामो समयपछि सशस्त्र समूहबाट प्रहरीमाथि आक्रमण भएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रास्वपाको पत्राचार : मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे जिज्ञासा

    काठमाडौं, भदौ २० – सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै राष्ट्रिय स्वतन्त्र...

    फेसबुकपछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग सूचीकरणका लागि सम्पर्कमा

    काठमाडौं, भदौ  २० – फेसबुकको सूचीकरण पछि ट्विटर (एक्स) पनि नेपाल सरकारसँग आफ्नो प्लेटफर्म सूचीमा...

    ओलीको राजनीतिक प्रतिवेदन : अन्य दलहरूलाई कसरी हेर्छन् एमाले अध्यक्ष

    काठमाडौँ, भदौ २० – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दोस्रो विधान महाधिवेशनमा पेश...