News Portal

सिम्ता गाउँपालिकाको हिउदे अधिवेशन शुरु, महत्वपुर्ण निर्णयहरुमा वृहत छलफल

हिमाली संचार संवाददाता
४०९ पटक
दुर्गा वि.सी.

सुर्खेत सिम्ता गाउँपालिकामा मंगलबारबाट हिउँदे अधिवेशनको प्रारम्भ भएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेशनमा महत्वपुर्ण निर्णय तथा छलफल बाट हुने गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सी.ले जानकारी दिनु भएको छ ।

कार्यपालिकाको विभिन्न वैठकहरुबाट भए हुने गरेका निर्णयहरुलाई सभाले अनुमोदन गरेको छ । गाउँपालिकाको केन्द्रको लागि पातचौरमा रहेको १ सय ४६ रोपनी जग्गा समेत गाउँपालिकाको नाममा दर्ता गर्ने प्रक्रिया अगाडि वढाउने निर्णय गरिएको छ । साथै गाउँपालिकाको १५ लाख भन्दा माथिका गौरवका योजनाहरु टेन्डरबाट सञ्चालन गर्ने र बाँकी अन्य १५ लाख तलका योजनाहरुको काम छिटो अघि वढाउने समेत वताएको छ ।

मंगलबार नै आर्थिक ऐनलाई संसोधन विध्येकका रुपमा प्रस्तुत गरिएको छ । गाउँपालिकाको यो हिउँदे अधिवेसनले ६ महिना भित्र भए गरेका कार्य प्रगति र योजना निमार्ण, अर्धवार्षिक समिक्षा समेत हुने जनाएको छ ।

कार्यपालिकाबाट भएका निर्णयहरुको समेत सभाले वृहत छलफल गरेर अनुमोदन गर्ने र स्वामित्व ग्रहण गर्ने जनाएको छ । यो अधिवेशसन ७ दिन सम्म चल्ने अध्यक्ष के.सीको भनाई छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...