News Portal

मुक्तक ~ उठ्न जरुरी हुनेछ त्यो दिन !

हिमाली संचार संवाददाता
६७९ पटक
मुकुन्द कृष्ण थापा 

 

     मुक्तक – १

सम्बन्धको निकै फराकिलो, दुरी  हुनेछ त्यो दिन
सिमानामा बेतोडको, आँधी हुरी हुनेछ त्यो दिन
नालापानी युद्धको झझल्को दिलाउने गरि,
महिला केटाकेटी सबै उठ्न, जरुरी हुनेछ त्यो दिन

     मुक्तक – २ 

छहारी बनेर मिठो फल, फल्न आउँदैछु म
अँध्यारो चिर्न दियो बनि, जल्न आउँदैछु म
जालझेल र षड्यन्त्रको पर्याय बनेको बेला,
राजनीतिको परिभाषा, बदल्न आउँदैछु म

    मुक्तक – ३

पढेरै छोड्नेछु भन्ने, निचोडहरुको याद आउँछ
स्कुल पढ्दाका कठिन, मोडहरुको याद आउँछ
अगेनोको उज्यालोले लेख्नुपर्थ्यो पढ्नुपर्थ्यो,
बालेका ती मकैका, ढोडहरुको याद आउँछ।।।

(खोटाङका मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन्)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...