News Portal

कुटिएका सचिवले भने : मन्त्रीले झापडपछि पिठ्युँमा लात हानेर कोठाबाहिर निकाल्नुभो !

हिमाली संचार संवाददाता
६०७ पटक

धनुषा – आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपिट गरेका छन् ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री यादवले कुटपिट गरेका हुन् । आफूले भनेको एनजीओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले आफूलाई कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै अगाडि झापड तथा लातले हानेको सचिवले गुनासो गर्नुभयो ।

‘पहिला सभामुखकै अगाडि गालामा झापडले हिर्काउनुभयो । त्यसपछि म अवाक भएँ । त्यसपछि पुनः अर्को कोठामा लगेर हात र लातले हान्नुभयो’, सचिव झाले भन्नुभयो, ‘त्यसक्रममा सभामुखले बचाउनुभयो । त्यसपछि पिठ्युँमा लात हानेर कोठाबाट बाहिर निकाल्नु भो !’

मन्त्री यादवले दुईपटक कुटपिट गरेर कोठाबाट बाहिर निकालेको सचिव झाको गुनासो छ । मन्त्रीबाट कुटिएका सचिव झालाई मन्त्रीकै निर्देशनमा प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएका थिए ।

प्रहरी नियन्त्रणमा रहेका कुटिएका सचिवको गालामा निलडाम देखिएको छ । केही बेरपछि प्रहरीले जनकपुर अञ्चल अस्पतालमा लगेर सचिव झाको स्वास्थ्य परीक्षण समेत गरेको छ ।

कुटपिट घटनापछि कर्मचारीहरुले केही बेर मन्त्रालय अगाडि धर्ना पनि दिएका थिए । गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएको मध्ये ४० वटा संस्था छनोट सचिव झाले बताउनुभयो ।

मन्त्री यादवले भनेको एनजीओको नाम छनोटमा नगरेकाले नतिजा परिवर्तण्न गर्न दबाब दिएको र आफूले नतिजा परिवर्तना नहुने बताएपछि योजनाबद्ध तरिकाले मन्त्रीले बोलाएर कुटपिट तथा दुव्र्यवहार गरेको सचिव झाको भनाई छ ।

सचिव झाले भन्नुभयो, ‘घटनाको छानबिन होस् । म दोषी छु भने म माथि कारबाही हुनुपर्छ । होइन भने यसरी मन्त्रालयमा बोलाएर सचिवलाई कुटपिट गर्ने मन्त्री यादवलाई कानुन अनुसार कारबाही हुनुपर्छ ।’

मन्त्री यादवले आफूले कुटपिट नगरेको जिकिर गरेका छन् । सञ्चारकर्मीसँग मन्त्री यादवले ‘मैले सचिवलाई कुटपिट गरेकै छैन । यदि मैले कुटपिट गरेको छु भने प्रमाण देखाउनुस्’ भनेर अरु केही नबोल्ने बताए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...