News Portal

दिपक सिंह ठकुरीको क्रूर हत्याप्रति ठकुरी सहयोग संजालद्वारा सरकारको ध्यानाकर्षण

हत्यारा खोज्न प्रहरी कुकुर प्रयोग !

हिमाली संचार संवाददाता
११२५ पटक
कोहलपुर २९ पुस

कोहलपुर घटनाको विषयलाई लिएर ठकुरी सहयोग संजालले सरकारको ध्यानाकर्षण गराएको छ । कोहलपुर नयाँ बसपार्क नजिकै सुर्खेत सिम्ता गाउँपालिका – २ काफलकोटकका २२ बर्षिय दिपक(मोहन)सिंह ठकुरीको शब फेला परेको थियो ।

कोहलपुर ११ नयाँ बसपार्क नजिकै घाँटी रेटिएको अवस्थामा शनिबार उनको शब भेटिएको थियो । पारिवारिक श्रोतका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन सुर्खेतबाट कोहलपुर आएको बुझिएको छ र उनले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए ।

यो पनि पढ्नुहोस।

सिम्ता काफलकोटका दिपक सिंह ठकुरीको कोहलपुर नया बसपार्क नजिक घाटि रेटेर हत्या 

ठकुरी सहयोग संजाल प्रदेश नं ५ प्रमुख संयोग जंग शाह र ठकुरी सहयोग संजालका प्रदेश नं ६ प्रमुख देब बहादुर शाहीले चाडो भन्दा चाडो अपराधी पत्ता लगाई कडा भन्दा कडा कारवाही गरी पिडीत परिवारलाई न्याय दिलाउन नेपाल सरकारसग माग गरेका छन।

संजालका प्रदेश प्रमुख द्वयले समयमा खोजी नगरेर आलटाल गर्ने काम गरेको खण्डमा प्रदेश ५ र ६ मा ठकुरीको हत्याको विरुद्धमा कडा भन्दा कडा संङघर्ष आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन।

अभियुक्त अहिलेसम्म फरार रहेको र अभियुक्तलाई पत्ता लागाउन प्रहरी कुकुर प्रयोग समेत गरिएको छ। बाँकेका कार्यबाहक प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले संजालका प्रदेश प्रमुख द्वय संयोग जंग शाह र देब बहादुर शाहीलाई पीडित परीवारलाई न्याय दिलाउने वचन व्यक्त गरेका हुन। उपरीक्षक पौडेलसग उनीहरुले आइतबार भेटेरै कारबाहीको माग गरेका हुन।

उपरीक्षक पौडेल उनी आफै कोहलपुर इलाका प्रहरी कार्यलयमा गएरै अनुसन्धान गरीरहेको बताए। हामीले हत्याराको खोजी कार्य तीब्र पारिरहेको छौ। छिटोभन्दा छिटो पक्राउ गर्ने समेत वचन दिएको संजाल ५ प्रमुख शाहले हिमाली संचार डटकमलाई जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ८ गतेको राशिफल

आज फागुन ८, २०८२ ( फेब्रुअरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाले वाचा गरे– सरकार गठनको १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता

काठमाडौं, ७ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनपछि पार्टीले सरकारको नेतृत्व पाए...

जेनजी युवालाई उपसभापति विश्वप्रकाशको प्रश्न– विद्रोपपछि कुन दल परिवर्तन भयो?

काठमाडौं, ७ फागुन – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले मोरङ–१, केराबारीमा बिहीबार आयोजित चुनावी...

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...