News Portal

  • सद्भाव सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न

    हिमाली संचार संवाददाता
    ५७४ पटक
    रबिन्द्र बराल

    मोरङ : सद्भाव बचत तथा ऋण सहकारी संस्थाको शनिबार नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। रंगेलीकाे मुख्य वजारमा रहेको दुर्गा मंन्दिर पश्चिमपट्टी अाफ्नै भवनमा उक्त कार्यक्रममा गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ७४/७५ को आयव्यय प्रस्तुत गरिएको थियो ।

    संस्थाले कुल ४ करोड ६७ लाख ६ सय १४ रुपैया लगानी गरेकाे छ । संस्थाले ९८ लाख ९३ हजार ६ सय ३६ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ९६ लाख ६ हजार ६ सय ६ रुपैया गरेको छ ।

    संस्थाले २ लाख २९ हजार ६ सय १४ रुपैया शुद्ध मुनाफा समेत गरेको छ । कार्यक्रमकाे बार्षिक प्रतिवेदन संस्थाकाेे तर्फबाट संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुकाे साथै लेखा समितीकाेे तर्फबाट लेखा प्रतिवेदन लेखा संयाेजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए ।

    उक्त संस्थाकाे ६ सय २८ सय जना शेयर सदस्य छन भने सदस्य रहेको छ । संस्थाले रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँपालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, फाईनान्सलाई वितिय कारोवार गर्दे आइरहेको छ ।

    सो अवसरमा सस्थाले वृद्धबृद्धा, अपाङ्ग, असहायहरु मानिकच्नद ऋिषिदेव, झरिया सरदार, शिरति देवि पासवान लगायत ६७ जना कम्वल बितरण गरेका थिए । त्यसैगरी २०७४ सालमा सामुदायिक विद्यालयबाट एसइइ परिक्षामा उत्कृष्ट छात्रछात्राहरुलाई प्रसंसापत्र बितरण गर्नुकाे साथै कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी तथा कर्मचारी, स्थानीय युवा उधमी विपिन मंन्डललाई समेत सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी माेरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका सदस्य शिव कुमार मंन्डल, विशिष्ट अतिथि रंगेली नगरपालिकाका दिलिप बगडिया, जीवन विकास समाजका अध्यक्ष याेगेन्द्र मंन्डल, डिभिजन सहकारी कार्यलयका ताेयानाथ तिम्सिना , सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, शिशुपाल यादव लगायतकाे उपस्थिति समेत रहेको थियोे । संस्थाका उपाध्यक्ष प्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए ।

    कार्यक्रममा संबाेधन गर्दे अतिथिहरुले गाउँघरमा रहेको सहकारीले गरिव र अार्थिक स्थित न्यून भएको घरपरिवारलाई सस्तो व्याजदर का ऋण उपलब्ध गराएकाेमा धन्यवाद समेत दिएका छन। सहकारीका अध्यक्ष इन्जीनियर कमलेश्वर ठाकुरकाे सभापतित्वमा कार्यक्रम सम्पन भएको थियोे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज ४ गतेको राशिफल

    आज असोज ४, २०८२ (सेप्टेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युक्रेनमा फँसेका दुई नेपाली नागरिक उद्धार

    काठमाडौं, असोज ३ – वैदेशिक रोजगारीको क्रममा भारत हुँदै युक्रेन पुगेका दुई नेपाली नागरिक सुरक्षित...

    राष्ट्रपति पौडेलः प्रतिनिधिसभा विघटन अपरिहार्य निर्णय

    काठमाडौं, असोज ३ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय नभएको कारण...

    महेश बस्नेतले गरे सुधन गुरुङ एमालेमा आउन सक्ने दाबी

    काठमाडौं, असोज ३ – नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको...

    देउवाको स्वास्थ्यमा सुधार, टाउकोमा १२ टाँका

    काठमाडौं, असोज ३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारको...