News Portal

सिम्ता काफलकोटका दिपक सिंह ठकुरीको कोहलपुर नयाँ बसपार्क नजिक घाटि रेटेर हत्या

हिमाली संचार संवाददाता
२६२६ पटक

होमराज वलि
कोहलपुर : कोहलपुर नगरपालिका वडा नं. ११ नया बसपार्क स्थित एक ब्यक्तिको शब फेला परेको छ । अन्दाजी २२ बर्षको यूवकको घाटी आधा काटिएको अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सुर्खेत सिम्ता गाँउपालिका वडा नं. २ काफलकोटका दिपक(मोहन) सिंह ठकुरी कोहलपुर नगरपालिका वडा नं. ११ मा मृत अबस्थामा फेला परेका हुन । मृतकका आफन्तका अनुसार ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए ।

यो पनि पढ्नुहोस।

दिपक सिंह ठकुरीको क्रूर हत्याप्रति ठकुरी सहयोग संजालद्वारा सरकारको ध्यानाकर्षण 

श्रोतका अनुसार ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात ब्यक्तीलाई १ लाख ५० हजार बुझाएका थिए । सोही अज्ञात ब्यक्तीले बोलाएको भन्दै शुक्रबार निस्कीएका ठकुरी शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन ।

उनी कोहलपुरमा भाउजुको घरमा बस्दै आएको प्रहरीले जनाएको छ । बिहान करिब ४ बजे फोन आएर उनी घरबाट निस्केको परिवारले जनाएको छ।

प्रहरीले घटनास्थल नजिकैबाट एक जोर जुत्ता र लाठी समेत बरामद गरेको छ । घटनाको अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीले कुकुर मार्फत अनुसन्धान प्रक्रियालाई अगाडी बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...