News Portal

पत्रकारको जेल सजाय विरुद्धको अपिल खारेज

हिमाली संचार संवाददाता
८५९ पटक

यांगुन : समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजाय विरुद्ध गरिएको अपिललाई एक अदालतले खारेज गरि दिएको छ ।

रोयटर्समा कार्यरत ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याव सोए ओलाई राज्यको सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ गरिएको थियो । राखिने राज्यको सुरक्षामा प्रश्नचिहन उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना सम्पेषण गरेको म्यान्मार सरकारले आरोप लगाइएको हो ।

क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार लोन र ओले आफूहरुविरुद्ध सुनाइएको जेल सजाय विरुद्ध गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताए । लोन र ओ पक्राउ परेपछि अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले प्रेस स्वतन्त्रताको हनन भएको आरोप लगाउँदै आएका छन् । तर म्यान्मार सरकार भने पत्रकारप्रति अनुदार देखिएको छ ।

म्यान्मारको राखिने राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिंग्या मुस्लिम समुदाय विस्थापित भएका थिए। उनीहरु हाल बंगालदेशमा शरणार्थी जीवन बिताइरहेका छन् । सैनिक दमनका क्रममा रोहिंग्या मुस्लिमहरुको बलात्कार तथा हत्या गरिनुका साथै उनीहरुका घरमा आगजनी गरिएको राष्ट्रसंघी निकायको दाबी छ। एएफपी

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...