News Portal

पत्रकारको जेल सजाय विरुद्धको अपिल खारेज

हिमाली संचार संवाददाता
७४८ पटक

यांगुन : समाचार संस्था रोयटर्सका दुई पत्रकारलाई म्यान्मारमा दिइएको ७ वर्षको जेल सजाय विरुद्ध गरिएको अपिललाई एक अदालतले खारेज गरि दिएको छ ।

रोयटर्समा कार्यरत ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याव सोए ओलाई राज्यको सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ गरिएको थियो । राखिने राज्यको सुरक्षामा प्रश्नचिहन उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना सम्पेषण गरेको म्यान्मार सरकारले आरोप लगाइएको हो ।

क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार लोन र ओले आफूहरुविरुद्ध सुनाइएको जेल सजाय विरुद्ध गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताए । लोन र ओ पक्राउ परेपछि अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले प्रेस स्वतन्त्रताको हनन भएको आरोप लगाउँदै आएका छन् । तर म्यान्मार सरकार भने पत्रकारप्रति अनुदार देखिएको छ ।

म्यान्मारको राखिने राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिंग्या मुस्लिम समुदाय विस्थापित भएका थिए। उनीहरु हाल बंगालदेशमा शरणार्थी जीवन बिताइरहेका छन् । सैनिक दमनका क्रममा रोहिंग्या मुस्लिमहरुको बलात्कार तथा हत्या गरिनुका साथै उनीहरुका घरमा आगजनी गरिएको राष्ट्रसंघी निकायको दाबी छ। एएफपी

प्रतिकृया दिनुहोस्

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...