News Portal

चौथो पुस्ताको किया स्पोर्टेज कारको नयाँ भर्सन नेपालमा सार्वजनिक

हिमाली संचार संवाददाता
७८५ पटक

काठमाडौं : कोरियन मोटर निमार्ता कम्पनी किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले स्पोर्टेज कारको नयाँ भर्सन सार्वजनिक गरेको छ। किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा आज चौथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक भएको गरेको छ।

कियाले उत्पादन गरेका मोडलहरु मध्ये सबैभन्दा लामो समयसम्म विश्व बजारमा लोकप्रिय हुन सफल कारको दर्जामा स्पोर्टेज गणना हुने गरेको छ। चार भेरिएन्टमा उपलब्ध नयाँ स्पोर्टेजे इन्टेरियर र एक्सटेरियरमा थप आकर्षक बिशेषताहरु रहेको कम्पनीको दावी छ। यो गाडी पहिलेको तुलनामा थप स्टाइलिस, सुरक्षित र आरामदायी भएको बताइएको छ।

कारको अगाडीपट्टि एलइडी हेडल्याम्प र एलइडी डे टाइम रनिङ लाइट् जडान गरिएको छ। चौथो पुस्ताको स्पोर्टेजमा कियाको नयाँ ड्राइभिङ प्रविधि र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ जसले यात्रा अवधिभरलाई सहजता र मनोरञ्जन प्रदान गर्नेछ।

कार उत्पादनका दौरान उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षा सम्बन्धी नविन प्रविधिहरु जडान गरिएको कम्पनीले जनाएको छ। पेट्रोल र डिजेल दुवै अप्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइन मोडलमा पनि उपलब्ध छ।

कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम उपलब्ध छ।

त्यसैगरी ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषताहरु यसमा समावेस छन्। निक्कै बलियो स्टीलको प्रयोग गरेर कारको बडी तयार गरिएको कारण कार सुरक्षित, आधुनिक र आरामदायी भएको कम्पनीको दावी छ। कार विभिन्न ६ रङमा उपलब्ध छ ।

नयाँ स्पोर्टेजको मुल्य, बनावट र कार्यक्षमताका कारण छोटो समयमै लोकप्रिय हुने कन्टिनेन्टल टे«डिङ प्रालिका सहायक महाप्रबन्धक अनिस लामछानेले दावी गरे। कोरियाबाटै सोझै आयात गरिएको भएपनि हामीले नेपाली बजार सुहाउँदो मूल्य निर्धारण गरेका छौ।

हामीले सन् २०१९ मा चार भिन्न नयाँ मोडलहरु नेपाल भित्र्याउने लक्ष्य राखेका छौं’ उनले भने ‘हामीले कियाको कार बिक्रीसँगै सेवा प्रवाहलाई अझ राम्रो बनाउन चाँडै काठमाडौंमा जावलाखेल र महाराजगंज गरि थप २ वटा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुविधा युक्त आउटलेटहरु सुरुगर्ने जानकारी गराउँदछौं,’ उनले भने। नेपाली बजारमा नयाँ स्पोर्टेजको मुल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ।

तस्वीर : निशा भण्डारी/सेतोपाटी

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...