News Portal

उपचार गर्न नसकेर खुट्टामा किरा परेका बिरामीले पाए नोबेल अस्पतालमा निःशुल्क उपचार

हिमाली संचार संवाददाता
६३३ पटक

रबिन्द्र बराल
मोरङ : उपचार गर्ने पैसा नभएर ४ बर्षदेखि भाचिएको खुट्टामा किरा परेर घरमै बसेका मोरङको मिक्लाजुङका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु भन्ने आश मरिसकेको थियो । उपचार गर्न नसकेपछि जीवन मरणको संघारमा तड्पिरहेका राईलाई निःशुल्क उपचार गराउँन लैजान्छौ भन्दै कांग्रेस नेता डिकबहादुर लिम्बु एम्वुलेन्स लिएर घरमै पुग्दा उनी अचम्ममा परे ।

नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बु र नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको सहकार्यमा मिक्लाजुङ गाउँपालिका–१ कटहरेका ४० बर्षीय राईलाई उद्धार गरिएको हो । आर्थिक अभावका कारण उपचार गर्न नसकेर भाचिएको खुट्टामा किरा परी तड्पिरहेको थाहा पाएर उनलाई निःशुल्क उपचारको व्यवस्था मिलाईएको कांग्रेस सभापति लिम्बुले बताए ।

०७२ सालमा मौरीको घार बनाउँन रुख काट्ने क्रममा लड्दा राईको खुट्टा भाचिएर छियाछिया भएको थियो । अत्यन्तै न्यून आर्थिक अवस्थाको राई परिवारले उनको उपचारका लागि जायजेथाले भ्याएसम्म खर्च गरे । भएको सम्पत्ती पनि उपचारकै क्रममा सकियो । तरपनि उनको खुट्टा ठिक नभएपछि उनीहरुको केहि उपाय लागेन । थप उपचार गर्ने पैसा नभएकै कारण उनी भाचिएको खुट्टा ठिक नभई त्यसै घरमा थलिएर बस्नुको विकल्प भएन । उपचार नपाएपछि भाचिएको खुट्टाको घाउ बढ्दै गएर किरा पर्न थाल्यो । ‘दाजु पीडाले तड्पिरहदा समेत उपचार गर्न सकिएन ।’ बिरामीका भाई बिष्णुकुमारले दुखेसो पोख्दै भने ‘भएको जेथो उपचार गर्दागर्दै सकिएपछि हाम्रो केहि उपाय लागेन ।’

४ बर्षअघिदेखि यस्तै पीडामा तड्पिरहेका राईको अत्यन्तै दयनीय अवस्था उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोमार्फत थाहा पाएर उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याईएको हो । बिरामी राईको उद्धारका लागि कांग्रेस सभापति लिम्बु, महासमिति सदस्य बसन्त भट्टराई, उर्लावारी नगरपालिकाका मेयर फागो, नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्मा लगायत उनको घरमै पुगेका थिए ।

मोरङ जिल्लामा पर्ने उक्त पहाडी क्षेत्र बिराटनगरबाट करिव ९० किलोमिटर उत्तर पूर्वमा पर्छ । मोरङ जिल्लाको विकट स्थानमा बिरामी उद्धारका लागि नेताहरु एम्वुलेन्स लिएर पुग्दा स्थानीयबासी पनि चकित भए ।

बलबहादुरलाई नोबेल अस्पतालमा सवै कुरा निःशुल्क गरेर उपचार गरिने अस्पताल सञ्चालक डा.शर्माले बताए । ‘बिरामीको यस्तो कारुणिक अवस्था देखेर म भावुक भए ।’ डा.शर्माले भने ‘औषधि, उपचारसहित बिरामी र कुरुवालाई खानाको ब्यवस्था पनि हामी आफै मिलाईदिन्छौ ।’ डा.शर्माले उनी जस्ता सयौं बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँदै आएका छन् ।

नोबेल अस्पतालमा ल्याएर राईको खुट्टाको अप्रेशनसमेत भईसकेको छ । उपचार नपाएर खुट्टामा किरा परेर घरमै बसिरहेका वेला यसरी निःशुल्क उपचारको व्यवस्था मिलेपछि बिरामी र बिरामीका आफन्त पनि दंग छन् । ‘उपचार गर्न सकिएला भन्ने सोचेकै थिईन ।’ बलबहादुरकी श्रीमती सुनिताले खुशी हुँदै भनिन् ‘यसरी निशुल्क उपचार पाउँदा सपना जस्तो लागिरहेको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...