News Portal

  • उपचार गर्न नसकेर खुट्टामा किरा परेका बिरामीले पाए नोबेल अस्पतालमा निःशुल्क उपचार

    हिमाली संचार संवाददाता
    ५४० पटक

    रबिन्द्र बराल
    मोरङ : उपचार गर्ने पैसा नभएर ४ बर्षदेखि भाचिएको खुट्टामा किरा परेर घरमै बसेका मोरङको मिक्लाजुङका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु भन्ने आश मरिसकेको थियो । उपचार गर्न नसकेपछि जीवन मरणको संघारमा तड्पिरहेका राईलाई निःशुल्क उपचार गराउँन लैजान्छौ भन्दै कांग्रेस नेता डिकबहादुर लिम्बु एम्वुलेन्स लिएर घरमै पुग्दा उनी अचम्ममा परे ।

    नेपाली कांग्रेसका मोरङ जिल्ला सभापति लिम्बु र नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माको सहकार्यमा मिक्लाजुङ गाउँपालिका–१ कटहरेका ४० बर्षीय राईलाई उद्धार गरिएको हो । आर्थिक अभावका कारण उपचार गर्न नसकेर भाचिएको खुट्टामा किरा परी तड्पिरहेको थाहा पाएर उनलाई निःशुल्क उपचारको व्यवस्था मिलाईएको कांग्रेस सभापति लिम्बुले बताए ।

    ०७२ सालमा मौरीको घार बनाउँन रुख काट्ने क्रममा लड्दा राईको खुट्टा भाचिएर छियाछिया भएको थियो । अत्यन्तै न्यून आर्थिक अवस्थाको राई परिवारले उनको उपचारका लागि जायजेथाले भ्याएसम्म खर्च गरे । भएको सम्पत्ती पनि उपचारकै क्रममा सकियो । तरपनि उनको खुट्टा ठिक नभएपछि उनीहरुको केहि उपाय लागेन । थप उपचार गर्ने पैसा नभएकै कारण उनी भाचिएको खुट्टा ठिक नभई त्यसै घरमा थलिएर बस्नुको विकल्प भएन । उपचार नपाएपछि भाचिएको खुट्टाको घाउ बढ्दै गएर किरा पर्न थाल्यो । ‘दाजु पीडाले तड्पिरहदा समेत उपचार गर्न सकिएन ।’ बिरामीका भाई बिष्णुकुमारले दुखेसो पोख्दै भने ‘भएको जेथो उपचार गर्दागर्दै सकिएपछि हाम्रो केहि उपाय लागेन ।’

    ४ बर्षअघिदेखि यस्तै पीडामा तड्पिरहेका राईको अत्यन्तै दयनीय अवस्था उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोमार्फत थाहा पाएर उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याईएको हो । बिरामी राईको उद्धारका लागि कांग्रेस सभापति लिम्बु, महासमिति सदस्य बसन्त भट्टराई, उर्लावारी नगरपालिकाका मेयर फागो, नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.शर्मा लगायत उनको घरमै पुगेका थिए ।

    मोरङ जिल्लामा पर्ने उक्त पहाडी क्षेत्र बिराटनगरबाट करिव ९० किलोमिटर उत्तर पूर्वमा पर्छ । मोरङ जिल्लाको विकट स्थानमा बिरामी उद्धारका लागि नेताहरु एम्वुलेन्स लिएर पुग्दा स्थानीयबासी पनि चकित भए ।

    बलबहादुरलाई नोबेल अस्पतालमा सवै कुरा निःशुल्क गरेर उपचार गरिने अस्पताल सञ्चालक डा.शर्माले बताए । ‘बिरामीको यस्तो कारुणिक अवस्था देखेर म भावुक भए ।’ डा.शर्माले भने ‘औषधि, उपचारसहित बिरामी र कुरुवालाई खानाको ब्यवस्था पनि हामी आफै मिलाईदिन्छौ ।’ डा.शर्माले उनी जस्ता सयौं बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँदै आएका छन् ।

    नोबेल अस्पतालमा ल्याएर राईको खुट्टाको अप्रेशनसमेत भईसकेको छ । उपचार नपाएर खुट्टामा किरा परेर घरमै बसिरहेका वेला यसरी निःशुल्क उपचारको व्यवस्था मिलेपछि बिरामी र बिरामीका आफन्त पनि दंग छन् । ‘उपचार गर्न सकिएला भन्ने सोचेकै थिईन ।’ बलबहादुरकी श्रीमती सुनिताले खुशी हुँदै भनिन् ‘यसरी निशुल्क उपचार पाउँदा सपना जस्तो लागिरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...