News Portal

सर्वाेच्च अदालतमा भ्रष्टाचारका मुद्दाको पेशी सार्ने प्रतिस्पर्धा

हिमाली संचार संवाददाता
४४७ पटक

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले ओमप्रकाश मिश्रका पालामा हेर्दाहेर्दै र सुनुवाईको चरणमा राखेका भ्रष्टाचार, राजस्व छली तथा सरकारी जग्गा सम्बन्धी मुद्दाहरुको इजलास परिवर्तन गर्न थालेका छन् ।

मिश्रका पालामा यस्ता मुद्दाहरु दीपकराज जोशी, शारदा घिमिरे, केदार चालिसे, डम्बर वहादुर शाही, पुरुषोत्तम भण्डारीका इजलासबाट टुंगो लगाइन्थे । घिमिरे हालै अवकाश भएका छन् ।

सर्वोच्च अदालतमा यसलाई स्थायी इजलासको अभ्यास र खुलेआम बेन्च सपिङको रुपमा आलोचना भएपछि राणाले यस्ता मुद्दाहरु ती न्यायाधीशको इजलासमा पार्न छाडेको स्रोतले जनाएको छ । सकेसम्म आर्थिक मामिलामा विवादमा नपरेका न्यायाधीशहरुको इजलासमा राजस्व छली, भ्रष्टाचार र सार्वजनिक जग्गासम्बन्धी मुद्दा पार्न थालिएको छ ।

यसको प्रभाव पनि अदालतमा देखिन थालेको छ । विहीबार दीपक कार्की र सपना प्रधानको इजलासमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशी सहित ६ जनाको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दाको सुनुवाई थियो । तर, जोशी पक्षका वकिलले सो मुद्दा हटाउन निवेदन दिएपछि सरेको छ ।

सोही इजलासमा सुनुवाई हुन लागेका अधिकांश गैरकानुनी आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा विपक्षी कानुन व्यवसायीको निवेदनमा स्थगित भएका छन् । यसअघिका सहज न्यायाधीशको इजलासमा नपरेपछि विपक्षीको तर्फबाट कानुन व्यवसायीले पेशी सार्ने प्रवृत्ति नै छ ।

व्यापारी अजय सुमार्गीकै मुद्दा पनि उनका वकिलले सार्ने निवेदन दिएका थिए । तर, एकजना वकिल अनुपस्थित हुँदैमा सार्न नमिल्ने भन्दै अन्तरिम आदेश जारी भयो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...