News Portal

  • लघुकथा – सोच

    तपिकुमार सिंह ठकुरी
    १५४१ पटक

    कुनै एउटा जंगलमा एक जना महान योगी रहन्थे। उनि भगवान शिव का महान भक्त थिए। सोहि जंगलको छेउमा एउटा गाउँ थियो, त्यो गाउँमा एक जना वेस्या पनि रहने गर्थि। रुपमा सार्है सुन्दर थिई यस्तो कि ध्यानमा रहेका ऋषिमुनिहरु पनि ध्यान भंग गरेर हेर्न थाल्थे।

    उक्त योगीले त्यो वेस्यालाइ देखेर हैरान थे। मनमा पाप अाँटेर अनेकौ जुक्ति जुटाउन थाले। यति सम्मकी उनि वेश्याको कामुकवासनामा पागलै थिए। हरेक क्षेत्रमा ध्यान गर्दा, खाँदा, सुत्दा, नुहाउँदा हरेक क्षेत्रमा तेहि वेश्याको जवानीको प्यासको भोगी बनि सकेका थिए। एकदिन त्यो वेश्यासँग कामवासनाको भोग सान्त पारे। यसै क्रममा उनी त्यो वेश्याको अासिकि नै बने।

    उता वेश्या भने भगवान सँग मन्दिरको टाढैबाट सधै हात जोडेर भन्थि – ‘हे भगवान ! म यो जन्ममा त जुठि भए तिम्रो नजिकै भएर तिमीलाई धुप, दिप प्रज्वलन गरेर तिम्रो प्रसाद ग्रहण गर्न त मिलेन मलाई अर्को जन्ममा चोख्खि बनाउनु तिम्रो सेवा गरेर म तिम्रै नाममा जोबान अर्पने छु ‘ भनेर सधैभरि भगवानसँग बिन्ति चढाउथि र टाढैबाट मन्दिरमा बालेको धुप सुघेर अानन्द मोघ्द हुन्थे।

    यसरी उनिहरुको समय यसरी नै बित्दै गए । संयोगले दुबैको मृत्यु हरण पनि एकै दिन यमराजले दुत पठाए र दुबैलाई कालले समातेर स्वर्गको द्वारबाट भने – ‘ऋषिराज यमराजको फैसला हो तपाइलाई नर्कमा र वेश्यालाइ स्वर्गमा लिएर अाउने अादेस छ’ योगिलाइ अाश्चार्य लाग्यो र यमराजसँग रिस उठ्यो अनि काललाई भने – किन यस्तो यमराजले कतै भुल त गरेनन् म योगि नर्क र उ एउटा वेश्या स्वर्ग… यो हुनै सक्दैन। म नर्क जान्न भनेपछी यमराजका दुत अरुले स्वयम् यमराजलाई द्वारमा उपस्थित गराए ।

    योगीले यमराजलाई गुनासो ब्यक्त गरे – प्रभु ! किन यस्तो निर्णय…म त एउटा शिव भक्त उ एउटा वेश्या कतै हजुरको फैसलामा चुक त भैन…? यमराजले सम्झाउदै – मुनिबर ! हो तपाई योगी हुनुहुन्छ र उ एउटा वेश्या हो तर तपाइको पुरा जिन्दगी तेहि वेश्याको अयास्सि र उस्को कामुक कमावाशनामा बित्यो… उ एउटा वेश्या भएपनि उस्ले सारा जिन्दगी भगवानको भक्तिभावमा बिताइ। हामिले जो ले जे कर्म गरेको छ उहि निर्णयको भाग दिने हो। योगि चुपचाप लागे वेश्यालाइ स्वर्गको द्वारबाट भित्र लिए योगिलाइ नरकको द्वारबाट भित्र धकेलियो ।

    (सिंह “मेरो माया कता छ कुन्नी” झ्याउरे गीतका लेखक समेत हुन।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालतले झिकायो कैफियत प्रतिवेदन

    बुटवल, भदौ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगी...

    मोरङ कारागारको शौचालयमा महिला बन्दी मृत फेला

    विराटनगर, भदौ ११ – जिल्ला कारागार मोरङमा एक महिला बन्दी मृत फेला परेकी छन्। बराहक्षेत्र...

    रौतहटमा रुबी साह हत्या प्रकरण : मुख्य आरोपी पासवान जलेको अवस्थामा पक्राउ

    रौतहट, भदौ ११ – रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानलाई प्रहरीले...

    आज २०८२ साल भदौ ११ गतेको राशिफल

    आज भदौ ११, २०८२ (अगस्त २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नेपाली उधोग,आयात कर्ता र विक्रेता माझ पुलको काम वितरक संघ र वितरकहरुले गरिरहेको छ- चन्द्र थापा

    काठमाडौं -विगतको आर्थिक मन्दिवाट मुलुकको अर्थतन्त्र लयमा फर्कदै गर्दा वितरकहरु पनि आशावादी भईरहेको वर्तमान अवस्थामा नेपालमा...