News Portal

ठगी आरोपमा ४ महिलाहरु प्रहरीको फन्दामा परे

हिमाली संचार संवाददाता
६१२ पटक

रमेशचन्द्र अधिकारी/धनकुटा : भविष्यवाणी तथा तान्त्रिक विधिले जोखना हेर्ने भन्दै ठगी गरेको अभियोगमा ४ महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका १ की २८ वर्षीया हुस्नु वानु, बारा जिल्लाको गढीमाई नगरपालिका ३ घर भएकी ३० वर्षीया शनिचरी माली, वुधिया खातुन र २८ वर्षीया जयदा खातुन रहेको प्रहरीले जनाएको छ ।

गाउँबस्तीमा गएर प्रलोभनमा पार्दै उपचार समेत गरिदिने वहानामा ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले जडिबुटी बरामत गरेको छ ।

गरगहनासमेत लुट्ने प्रयास गरेको स्थानीयले बताएका छन् । पक्राउ परेका चारै जनालाई प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...