News Portal

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु !

हिमाली संचार संवाददाता
६६२ पटक

फाइल तस्बिर
ईश्वरकाजी खाइजू 
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरमा मोटरसाइकल दुर्घटना हुँदा बुधबार चालकको मृत्यु भएको छ। मोटरसाइकलमा सवार एकजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर काठमाडौं ६ लेन सडकको सिर्जनानगरबाट दुवाकोट तर्फ जाँदै गरेको बा ९४ प ७१७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।

तीव्रगतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई आफैँ दुर्घटना हुँदा चालक भक्तपुरको चाँगुनारायण नपा ४ का २९ वर्षीय सहिद तामाङको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय शेरबहादुर तामाङ घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार दुर्घटनालगत्तै उपचारको लागि सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिएको थियो। उपचारकै क्रममा तामाङको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...