News Portal

लागूऔषध ७४७ थान ट्याबलेटसहित वीरगञ्जबाट २ जना पक्राउ

हिमाली संचार संवाददाता
४८२ पटक

वीरगञ्ज : प्रहरीले वीरगञ्जबाट लागूऔषध ट्याबलेट र इन्जेक्सनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिक-११, बस्ने २८ वर्षीय इजाहिर हवारी र मोरङ बेलवारी नगरपालिका – ४ बस्ने २५ वर्षीय बिष्णु श्रेष्ठ रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-८ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगञ्जतर्फ साइकलमा आउँदै हवारीको साथबाट लागूऔषध नाइट्राभेट ट्याबलेट ७४७ थान फेला परेको थियो ।

लागूऔषध र साइकलसहित हवारीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका-१६, स्थित मुल भंसार गेटबाट श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।

दक्षिण रक्सौलबाट उत्तर वीरगञ्जतर्फ पैदल आउँदै गरेका बिष्णु श्रेष्ठको साथबाट लागूऔषध इन्जेक्सन डाइजेल्याब ११ एम्पुल, फेनार्गन १० एम्पुल र नूफिर्न ८ एम्पुल बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

हवारी र श्रेष्ठ दुवै जना विरुद्ध लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...