News Portal

घुस खुवाउनेको हातमा तत्कालै लाइसेन्स !

हिमाली संचार संवाददाता
५८३ पटक

काठमाडौं : प्रक्रिया पूरा गरेर पनि महिनौंसम्म स्मार्ट लाइसेन्स नपाइने भएपछि तत्कालै आवश्यक परेकाले कर्मचारीलाई घुस खुवाउनपर्ने नियति फेरि दोहोरिएको छ । यसअघि यातायात व्यवस्था विभागले विभिन्न बाहनामा भइरहेको ‘फास्ट प्रिन्टिङ’मा अनियमितता भएको भन्दै रोकेपनि अहिले अप्ठेरोमा परेकाहरुलाई कागजत्रका आधारमा दिन सकिने गरी त्यो सुविधा खुलाइएको छ ।

तर, विभागका कर्मचारीहरुले फेरि खुकुलो व्यवस्थालाई आधार बनाएर ‘फास्ट प्रिन्टिङ’ गराउन घुस खाने गरेको खुलेको छ । हाल ट्रायल तथा नवीकरणका लागि आवेदन दिएको १ वर्षसम्म पनि लाइसेन्स पाउन मुस्किल छ । विभागका अनुसार अझै ४ लाखभन्दा बढी सेवाग्राहीले सबै प्रक्रिया पूरा गरेर पनि लाइसेन्स पाएका छैनन् । यही मौकामा यातायात विभागमा लाइसेन्स छिटो पि्रन्ट गरिदिने गरी घुसखोरी मौलाएको गुनासो बढेको छ ।

त्यसै पनि यातायातमा अतिरिक्त रकम नदिए काम गर्नै मुस्किल छ । अहिले सबै प्रक्रिया पूरा गर्दा पनि अतिरिक्त रकम बुझाएपछि मात्रै लाइसेन्स पाउने अवस्था आएको छ । १० हजारसम्म अतिरिक्त रकम लिने र तत्कालै लाइसेन्स दिने गरिएको स्रोतको दाबी छ । यसमा विभागमा उच्च अधिकारीहरुको मिलोमतो रहेको बताइएको छ ।

केही कर्मचारीहरुले नआएका चालकको लाइसेन्स छपाइरहेको दावी विभाग स्रोत बताउँछ । विभागका उच्च अधिकारी नै यस्तो फास्ट प्रिन्टिङका नाममा रकम असुल्न थालेपछि छिटो काम हुने आशामा बिचौलियालाई रकम बुझाएका सेवाग्राही विभागमा दैनिक पुग्न थालेका छन् ।

लाइसेन्स लिन दैनिक करिब पाँचदेखि ७ हजार हजार सेवाग्राहीले तोकिएको प्रक्रिया पूरा गर्ने गरेका छन । तर, यातयात व्यवस्था विभागले मागअनुसार लाइसेन्स छाप्न सकेको छैन । यसबारे प्रश्न गर्दा विभागका महानिर्देशक लायण्य ढाकलले विदेशी मिसनमा जाने सेना प्रहरी र अत्यावश्यक भएकाहरुको मात्रै लाइसेन्स छिटो छाप्ने गरिएको बताए ।

अत्यावश्यक हो भन्ने प्रमाण पेश गरेपछि कागजपत्र हेरेर त्यस्तो अनुमति दिनेका गरेका छौं,’ उनले भने,’त्यसमा बदमासी भएको रहेछ कारवाही हुन्छ। स्मार्ट लाइसेन्स अभाव चर्किकएको महिनौं बितिसक्यो । यसले नयाँ लाइसेन्स लिन चाहने र नवीकरण गर्नु पर्ने सेवाग्राही थप मारमा परेका छन् । कर्मचारी भने सेटिङमा छिटो लाइसेन्स दिने र पैसा कामाउने धन्दामा छन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...