News Portal

  • घुस खुवाउनेको हातमा तत्कालै लाइसेन्स !

    हिमाली संचार संवाददाता
    ५०७ पटक

    काठमाडौं : प्रक्रिया पूरा गरेर पनि महिनौंसम्म स्मार्ट लाइसेन्स नपाइने भएपछि तत्कालै आवश्यक परेकाले कर्मचारीलाई घुस खुवाउनपर्ने नियति फेरि दोहोरिएको छ । यसअघि यातायात व्यवस्था विभागले विभिन्न बाहनामा भइरहेको ‘फास्ट प्रिन्टिङ’मा अनियमितता भएको भन्दै रोकेपनि अहिले अप्ठेरोमा परेकाहरुलाई कागजत्रका आधारमा दिन सकिने गरी त्यो सुविधा खुलाइएको छ ।

    तर, विभागका कर्मचारीहरुले फेरि खुकुलो व्यवस्थालाई आधार बनाएर ‘फास्ट प्रिन्टिङ’ गराउन घुस खाने गरेको खुलेको छ । हाल ट्रायल तथा नवीकरणका लागि आवेदन दिएको १ वर्षसम्म पनि लाइसेन्स पाउन मुस्किल छ । विभागका अनुसार अझै ४ लाखभन्दा बढी सेवाग्राहीले सबै प्रक्रिया पूरा गरेर पनि लाइसेन्स पाएका छैनन् । यही मौकामा यातायात विभागमा लाइसेन्स छिटो पि्रन्ट गरिदिने गरी घुसखोरी मौलाएको गुनासो बढेको छ ।

    त्यसै पनि यातायातमा अतिरिक्त रकम नदिए काम गर्नै मुस्किल छ । अहिले सबै प्रक्रिया पूरा गर्दा पनि अतिरिक्त रकम बुझाएपछि मात्रै लाइसेन्स पाउने अवस्था आएको छ । १० हजारसम्म अतिरिक्त रकम लिने र तत्कालै लाइसेन्स दिने गरिएको स्रोतको दाबी छ । यसमा विभागमा उच्च अधिकारीहरुको मिलोमतो रहेको बताइएको छ ।

    केही कर्मचारीहरुले नआएका चालकको लाइसेन्स छपाइरहेको दावी विभाग स्रोत बताउँछ । विभागका उच्च अधिकारी नै यस्तो फास्ट प्रिन्टिङका नाममा रकम असुल्न थालेपछि छिटो काम हुने आशामा बिचौलियालाई रकम बुझाएका सेवाग्राही विभागमा दैनिक पुग्न थालेका छन् ।

    लाइसेन्स लिन दैनिक करिब पाँचदेखि ७ हजार हजार सेवाग्राहीले तोकिएको प्रक्रिया पूरा गर्ने गरेका छन । तर, यातयात व्यवस्था विभागले मागअनुसार लाइसेन्स छाप्न सकेको छैन । यसबारे प्रश्न गर्दा विभागका महानिर्देशक लायण्य ढाकलले विदेशी मिसनमा जाने सेना प्रहरी र अत्यावश्यक भएकाहरुको मात्रै लाइसेन्स छिटो छाप्ने गरिएको बताए ।

    अत्यावश्यक हो भन्ने प्रमाण पेश गरेपछि कागजपत्र हेरेर त्यस्तो अनुमति दिनेका गरेका छौं,’ उनले भने,’त्यसमा बदमासी भएको रहेछ कारवाही हुन्छ। स्मार्ट लाइसेन्स अभाव चर्किकएको महिनौं बितिसक्यो । यसले नयाँ लाइसेन्स लिन चाहने र नवीकरण गर्नु पर्ने सेवाग्राही थप मारमा परेका छन् । कर्मचारी भने सेटिङमा छिटो लाइसेन्स दिने र पैसा कामाउने धन्दामा छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...