News Portal

करेन्टले चुडायो कृष्णको हातखुट्टा, परिवारमा रुवाबासी (भिडियो)

हिमाली संचार संवाददाता
६६२ पटक

काठमाडौँ : इलेक्ट्रिक सब इन्जिनियर पढेका सानोभेरी गाउँपालिका ९ सिम्लि रुकुमका कृष्ण ओली ठुलो सपना थियो आफ्नी जीवन संगिनीलाई स्टाफ नर्स पढाउने। सानैमा जिम्मेवारीको भारी बोकेका कृष्ण ओलीका सपना धेरै थिए ।

कसलाई थाहा हुन्छ र भोलि ? त्यस्तै बज्रपात बनेर आयो गत जेठ २५ कृष्ण र रुपाको जीवनमा । अघिल्लो दिन अर्थात २४ जेठमा म्यारिज एनिभर्सरी मनाएका यी दम्पतिलाई अर्को दिन निकै दुखद बनेर आयो ओली दम्पतीमा ।

उनि दाङको तुल्सिपुरमा बिधुत अफिसमा साईट सुपरभाईजरको रुपमा काम गर्थे । घटनाको दिन आफ्ना अन्य सहयोगीको साथ कस्टमरहरुलाई बिधुत प्रवाह गर्न पोलमा चढेका एक्कासी भुईमा खसे । ११ हजार भोल्टेजको करेन्टको झट्काले कृष्णको सपना मात्र पच्छारेन जीवन नै मृत्युको मुखमा लगेर छोड्यो । अर्कैको गल्तिको शिकार भए उनि ।

साँझपख बिद्युतको लाइन बन्द गरेर पोलमा चढेका बेला नजिकैका मिलवाले साहुले लाईन अन गर्दिएपछि उनलाई करेन्ट लाग्यो । लाग्ने बित्तिकै भुईमा झरे । तत्कालै उनलाई स्थानिय अस्पताल हुँदै नेपालगंज रिफर गरियो त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि भारत लखनउमा पठाईयो ।

लखनउमा लामो उपचार गर्दा पनि अवस्थामा सुधार नभएपछि पुन: काठमाण्डौस्थित ग्राण्डी र किर्तिपुर अस्पतालमा लामो उपचार पछि उनि निको त भए तर अपशोच ! उनका दुवै हात र एउटा खुट्टा काट्नु पर्ने भयो ।

आफ्नो परिवारको लागि केहि गर्छु भन्ने अठोट लिएका कृष्ण अहिले जसोतसो निको त भए तर दुवै हात र एउटा खुट्टा छैन अर्काको साहारामा बाँच्नु परेको छ । उपचार गर्न नै ५० लाख बढी लागी सकेको र सबै ऋण काढेर खर्च गरेको उनकी श्रीमती रुपाले सिधान्युजसंग कुरा गर्दै बताईन ।

४०-५० लाख ऋण छ, ५० लाख भन्दा बढी हात खुट्टा राख्नलाई लाग्ने डाक्टरहरु बताउछन । घरमा भएको जायजेथा सबै सकिसक्यो भन्दै रुपाले सबैसँग सहयोगको अपेक्षा गरेकी छिन । २१ वर्षको कलिलो युवा जसले आफ्ना सपनाहरु आज बेडमा आफ्नो आर्ध ज्यान सँग सुताई रहेको छ ।

बुबा झुपलाल ओली र आमा जानकी केसिका दुई छोरा मध्यका कान्छा छोरा कृष्ण सानै देखि पारिवारिक मायाबाट टाढा भए कृष्णका बुबाले वास्ता नगरेपछि सानै देखि बुबाको माया पाएनन । बुबाको अहिले सम्म अत्तोपत्तो छैन । छोराको त्यो हालत भएपछि भेट्न जान्छु भन्दै घरबाट निस्केका बुबाको बेखबर छ । कृष्णका दाईले जेनतेन पैसा काढेर भाईलाई त बचाए अब थप उपचार गर्ने खर्च छैन । न पैसा कार्ने ठाउँ छ न आउँने ठाउँ न बेच्नलाई जग्गा जमिन ।

देश तथा विदेशमा हुने मनाकारी नेपालीहरुले उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने कृपया सनराईज बैंकको कृष्ण ओलीको खाता नम्बर 0770503165205001 मा सहयोग गर्नुहोला । सके सहयोग गरौँ नसके सेयर गरौँ । कृष्णको पिडा जस्ताको त्यस्तै तल हेर्नुस।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...