News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • काधमा जिम्मेवारी

    हिमाली संचार संवाददाता
    ५७३ पटक

    प्रकाश घिमिरे “अन्जानयात्री”

    थकित छु धरा रगतपसिना बेच्दा बेच्दै म
    आजित छु हेर मुठ्ठीमाना जोर्दा जोर्दै म

    एक पछी आर्को लर्को छन् यी समस्याहरु
    बिचलित छु खर्चो झिनामसिना टार्दा टार्दै म

    साहु देखि बाउ सम्म घर देखि परसम्म पैसा
    लज्जित छु सधैं भर तानाबाना बुन्दा बुन्दै म

    अधुरै हुने रहेछन् त सपनाहरू सदैब गरिबका
    बर्जित छु आज फ़ेरि थुप्रै बहाना गर्दा गर्दै म

    श्रमको उचित मुल्य छैन महङ्गी चुलीले छोयो
    चकित छु बजारमा चाना र दाना हेर्दा हेर्दै म

    दु:ख सुख संमिश्रण जिन्दगी मझधारमा भयो
    भयभीत छु यी स्वार्थी जमाना थेग्दा थेग्दै म ।।

    ———————

    बुङदिकाली ३ रकुवा नवलपुर

    प्रतिकृया दिनुहोस्

    एमालेमा जान वामदेवले खोजे भाउ, एकीकृत समाजवादीमा भित्र्याउने माधवको दाउ

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई पार्टीमा...

    गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न व्यवसायीको माग

    भैरहवा। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान अवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई...

    हिजो बढेको सुनको भाउ आज पनि बढ्यो

    काठमाडौँ। सोमबार प्रतितोला चारसय रुपैयाँ बढेको सुनको मूल्य आज (मंगलबार) पनि तोलाको दुईसय रुपैयाँ बढेको...

    नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका खेल सम्पन्न

    पौष ०२, २०८१ मंगलवार। नेपाल प्रीमियर लिग (एनपिएल)मा लिग चरणका सबै खेलहरु सम्पन्न भैइसकेका छन...

    प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

    मोरङ। मोरङ रंगेली नगरपालिका-७ शुक्रबारेमा सन्चालमा रहेको इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री बितरण भइरहको...