News Portal

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २४ गते मंगलबार, तदअनुसार २०१९ जनवरी ८ तारिख

हिमाली संचार संवाददाता
६०७ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका बाबजुद पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम प्राप्त गर्ने समय छ। काममा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। अस्वस्थताले लक्ष्यमा पुग्न समस्या पर्नेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। समस्या दर्साउँदा सहयोगीहरूबाट साथ पाइनेछ। परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि काम बिग्रने डरले सताउनेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लगनशील कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। वादविवादमा अघि नसर्नुहोला। व्यावसायिक काममा आम्दानी बढ्नेछ। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। अतिथिका रूपमा सेवा सत्कार प्राप्त हुनेछ। आम्दानी राम्रो भए पनि नजानिँदो रूपमा खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
लक्ष्यमा पुग्न अरूका लागि केही कठोर नीति अवलम्बन गर्नुपर्ला। दौडधुप गर्नुपरे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। ठूलाको वचन हार्न नसक्दा दुःख पाइनेछ। ईर्ष्या गर्नेहरूलाई तह लगाउन सकिनेछ। दिगो काममा जग बसाउने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले समस्या निम्त्याउन सक्छ। परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अहिलेको फाइदा हेर्दा पछि घाटा हुन सक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले फाइदा हुनेछ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काममा हात हाल्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन्। केही संघर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सजग रहनुहोला। व्यावसायिक काममा भने राम्रै लाभ उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकर्षक उपहारले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने मौका छ। बिछोडिएका आफन्तहरू नजिकिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पहिलेको सफलताले पनि थप काममा हौसला प्रदान गर्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आफ्नाबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिएला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ। सञ्चित धन उपयोग हुन सक्छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...