News Portal

  • सुदूरपश्चिम खप्तड गोल्डकपको आयोजना हुदै

    हिमाली संचार संवाददाता
    ५०८ पटक

    कैलाली : धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ। सोमबार धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

    सम्मेलनमा बोल्दै आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई एक पर्वको रुपमा मनाइने बताए ।उनले गोल्डकप हामी सबै सुदूरपश्चिमका जनताको भएको भन्दै प्रतियोगितालाई सफल पार्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

    प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ भने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली सुदूरपश्चिम-११ र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टर भिड्नेछन् ।

    उद्घाटन खेल दिउँसो २ः३० बजेदेखि क्षेत्रीय रंगशाला धनगढीमा सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् ।

    प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ । प्रतियोगितामा दर्शकहरुले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ।क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाइनलका लागि एक सय ५० र दुई सय रुपैयाँ तोकिएको आयोजकले जानकारी दिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...

    आज २०८२ साल कार्तिक ५ गतेको राशिफल

    आज कार्तिक ५, २०८२ (अक्टोबर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली कानुनभन्दा माथि छैनन्, अस्वीकार गरे कानुनले ठाउँमा ल्याउँछ : गृहमन्त्री अर्याल

    काठमाडौं, कार्तिक ४ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई...

    भ्रष्टाचारीमाथि कारबाही नभए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी

    काठमाडौं, कार्तिक ४ – ‘जेनजी’ आन्दोलनका कार्यकर्ताले भ्रष्टाचारीमाथि कडा कारबाही नभए फेरि सडक आन्दोलन गर्ने...