News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपालकै उदाहरणीय विद्यालय, जहाँ बिदा नै हुँदैन

    हिमाली संचार संवाददाता
    ३७६ पटक

    बागलुङ– अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थीलाई भने चिनेको छैन ।

    जिल्लाको काठेखोला गाउँपालिका–४ तंग्राममा रहेको धारा माध्यमिक विद्यालयमा बिदाको दिन पनि पठनपाठन हुने गरेको छ । शनिबार, दसैँ, तिहार तथा सहिद दिवसबाहेक धारा माविमा सधैँ कक्षा सञ्चालन हुँदै आएको छ । सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन् ।

    ४५ दिन लामो वर्षे बिदा लिन पाउने व्यवस्था भए पनि धारा माविमा एक दिन पनि बिदा हुँदैन । विद्यालयले केही वर्ष पहिलेदेखि नै सार्वजनिक बिदाको समयमा समेत नियमित पठनपाठन गराउँदै आएको प्रधानाध्यापक मित्र ढकालले बताए ।

    विद्यालयमा हुने नियमित पठनपाठनका कारण शिक्षकले आपत्कालीन अवस्थामा बाहेक बिदा बस्न पाउँदैनन् । विद्यालयले बनाएको नियममा शिक्षक विद्यार्थी भने खुसी छन् । ‘बिदा हुँदा विद्यार्थी खोला, भिर पहरा तथा रुखमा खेल्न जाने र दुर्घटना हुने गरेका उदाहरण हामीसँग छन्,’ प्रअ ढकालले भने, ‘हाम्रोमा नियमित पठनपाठन हुँदा त्यो समस्या छैन ।’

    विद्यालयले वर्षे बिदाका १५ दिन र अन्य सार्वजनिक बिदाको समयमा पठनपाठन गराउनका लागि शिक्षकसँग सहयोग माग्ने गरेको छ । वर्षे बिदाको एक महिनाका लागि भने अतिरिक्त तलबको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । ‘हामीलाई अप्ठ्यारो परेको वेला विद्यालयले बिदा आफैँ दिन्छ, साथीहरुको बीचमा मिलेर कक्षा चलाउने गरेका छौँ,’ शिक्षक भीमबहादुर विकले भने, ‘अरु वेला पठनपाठनमा सहभागी हुनु आफ्नो कर्तव्य सम्झेका छौँ ।’ विद्यालयले बिदाको दिन पढाउने शिक्षकको इच्छाशक्तिको आधारमा बिमा गरिदिने सहुलियत पनि दिएको विकले बताए ।

    बिदाको समयमा कक्षा सञ्चालन गर्दा विद्यार्थीले जिल्ला तथा राष्ट्रिय स्तरमा हुने परीक्षामा राम्रो नतिजा ल्याउने वातावरण बनेको विद्यालयले जनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा एसइई परीक्षा र कक्षा १२ को परीक्षामा सहभागी हुने एकाध अपवादबाहेक सबै विद्यार्थीले राम्रो नतिजा हासिल गरेको विद्यालयले दाबी गर्दै आएको छ ।

    २०७३ सालमा एसइई परीक्षामा जिल्लामा नै सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयले त्यसपछिका परीक्षामा पनि ८० प्रतिशतभन्दा माथिको नतिजा हात पारिरहेको छ ।

    केही विद्यार्थीले सार्वजनिक बिदाका दिनसमेत पठनपाठन हुने भएका कारण विद्यालयनै छाडेको अनुभव विद्यालयसँग छ । अघिल्लो वर्ष चारजना विद्यार्थीले बिदा लिन नपाएको भन्दै अर्को विद्यालयमा जान लब्धांक पत्र माग्न आएको प्रअ ढकालले सुनाए । यो वर्ष पनि एकजना विद्यार्थीले बिदा बस्न नपाएको झोकमा विद्यालय नै परिवर्तन गरेका छन् ।

    जिल्लाका अन्य सामुदायिक विद्यालय हेर्ने हो भने अन्य सरकारी कार्यालयको भन्दा निकै धेरै बिदा हुने गरेको पाइन्छ । तर, धारा माविमा भने सरकारले तोकेका १५ दिनमध्ये दसैँमा पाँच दिन र तिहारमा तीन दिनबाहेक सहिद दिवसको दिन मात्रै बिदा हुन्छ । बाँकी सबै बिदाको दिन पठनपाठन हुने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण पुनले बताए ।

    विद्यालयमा १७ जना शिक्षकले ३ सय २० जना विद्यार्थीलाई पठनपाठन गराउँदै आएका छन् । प्रावि तहको मात्रै स्थायी अनुमति पाएको विद्यालयमा आधारभूत र माध्यमिक तह भने अस्थायी अनुमतिकै आधारमा चल्दै आएको छ । पाँचजना स्थायी शिक्षक, आठजना राहत कोटाका शिक्षक र बाँकी चारजना निजी स्रोतका शिक्षक राखेर पठनपाठन हुँदै आएको छ । कक्षा १ देखि १० सम्म सबै कक्षामा अंग्रेजी माध्यममा पठनपाठन हुने यो विद्यालयमा कुनै निजी विद्यालयको भन्दा कम नरहेको स्थानीय अभिभावक विष्णु कँडेलले बताए ।

    कक्षाशिक्षकलाई मोबाइल खर्च

    विद्यार्थीलाई नियमित पठनपाठनमा सहभागी गराउनका लागि विद्यालयले कक्षाशिक्षकलाई अभिभावकसँग नियमित सम्पर्कमा रहन भनेको छ । कुनै दिन विद्यार्थी विद्यालय उपस्थित नभएमा कक्षाशिक्षकले नै अभिभावकलाई सम्पर्क गर्ने र विद्यार्थी अनुपस्थित हुनुका कारणबारे जानकारी लिने गरेको प्रअ मित्र ढकालले बताए ।

    कक्षाशिक्षकलाई अभिभावक सम्पर्क खर्चका लागि मासिक ५ सय रुपैयाँ खर्च विद्यालयले उपलब्ध गराउँदै आएको छ । विद्यार्थीले बहानाबाजी गरेर घरबाट विद्यालय हिँड्ने र विद्यालयमा उपस्थित नभई खेल्न गएको खण्डमा अभिभावकसँग सम्पर्क गर्दा जानकारी लिन सजिलो हुने गरेको उनले बताए । विद्यालयमा विद्यार्थीलाई केही समस्या आइपरेमा पनि कक्षाशिक्षकमार्फत अभिभावकलाई सम्पर्क गर्ने गरिएको छ ।
    रा

    प्रतिकृया दिनुहोस्

    इजरायल र हिजबुल्लाहबीच युद्धविराम

    एजेन्सी। अमेरिका र फ्रान्सद्वारा मध्यस्थ गरिएको सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो...

    प्रधानमन्त्री ओलीकाे कम्बोडिया काण्ड छानविनका लागि संसदीय समिति बनाउन राप्रपाको माग

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी...

    कालीगण्डकी करिडोरले बदलिँदै दुर्गमको परिचय

    गण्डकी। काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको होटलको शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ।...

    इजरायल र हिजबुल्लाह युद्धविराम नजिक

    एजेन्सी। इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।...

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...