News Portal

ठकुरी सहयोग संजाल बाँकेद्वारा सल्लाहकारहरु सम्मानित, बाँके र बर्दियालाई कर्णालीमा समायोजन

हिमाली संचार संवाददाता
५९८ पटक

बाँके : ठकुरी सहयोग संजाल बाँकेले शनिबार सल्लाहकारहरूलाई सम्मानित गरेको छ । संजाल बाँकेका अध्यक्ष दिपक बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कानुनी सल्लाहकार टिका जंग सिंह, भोला हमाल, लोक बहादुर शाही, पुर्व सशस्त्र प्रहरीका वरिष्ठ उपरिक्षक मान बहादुर शाही, व्यवसायी तपेन्द्र विक्रम शाह, ओमकार शाही, रमेश बहादुर सिंह, मिगल सिंह, युवा नेता कपिल शाह, ठकुरी पत्रकार समाजकी केन्द्रिय अध्यक्ष एवम ठकुरी सहयोग संजालकी प्रदेश नं ५ की सल्लाहकार करुणा राज्य लक्ष्मी शाह, प्रदेश नं ६ का प्रमुख देव बहादुर शाही र प्रदेश नं ५ प्रमुख संयोग जंग शाह लगायतलाई सम्मानित गरिएको हो।

कार्यक्रममा बोल्दै संजालका प्रदेश नं ६ का प्रमुख देव बहादुर शाहीले आज संघीयताको कोट गई रहेको बेला सम्पुर्ण ठकुरी पुर्व मेची देखी पश्चिम महाकाली सम्मका ठकुरी एकजुट हुनुपर्छ र हामी बाँके र बर्दिया हिजोको मध्यपश्चिम आजको प्रदेश नं ६ का पहाडी भेगका बसाईसराई गरेका हौँ, हामी बाँके र बर्दियाको पहल संगै प्रदेशको सहयोग र सहायताले हामी प्रदेश नं ६ मा गाभिन पहल गर्नुपर्ने कुरा आवश्यक रहेको बताउनुभयो ।

साथै प्रदेश नं ५ का प्रमुख संयोग जंग शाहले बाँके र बर्दिया कर्णाली प्रदेशमा मिलाउनु पर्ने आवश्यक रहेको र यस कार्यका लागी छिट्टै बिभिन्न जात र धर्मवान व्यक्तीको संघर्ष समिती बनाई कार्यक्रम गरी अघि बढने बताउनुभयो ।

कार्यक्रममा ठकुरी सहयोग संजाल बाँकेद्धारा संचालित कृष्णसार कृषी सहकारी संस्थाको साधरण सभा समेत सम्पन्न गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...