News Portal

प्रहरीद्वारा गायिका बिष्णु माझीबारे चासो !

हिमाली संचार संवाददाता
६१८ पटक

प्रतीक्षा काफ्ले
स्याङ्जा : केही दिनअघि उनका ५८ वर्षीय बाबु ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए ।

कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान बनाउन सफल स्याङ्जाकी विष्णु माझी लोक तथा दोहोरी गीत गायिका हुन् ।

चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले चर्चा बटुलेका छन् । उनका हरेक गीत चर्चित छन् । यसकारण पनि उनी लोकगायनमा पहिलो स्थानमा छिन् । त्यसो त उनी महँगो पारिश्रमिक लिने कलाकारका रूपमापनि चिनिन्छिन् ।

करिब ११ वर्षअघि गायक सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी भूमिगतजस्तै छिन् । बेला–बेला उनको खोजी सामाजिक सञ्जाल फेसबुकमार्फत हुँदै आए पनि उनी कहाँ छिन् ? के गर्छिन् ? कसको सम्पर्कमा आउँछिन् भन्नेबारे थाहा छैन । त्यसो त उनका माइती पक्षसमेत उनकाबारे खुलेर बोल्न सक्दैनन् ।

कान्तिपुरमा छापिएको समाचारका आधारमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले गायिका विष्णुको खोजी गरेका छन् । आफन्तका अनुसार कलाकारिता क्षेत्रमा समेत उनलाई विवाहपूर्व सुन्दरमणिले नै ल्याएका थिए ।

विवाहअघि नै माझीलाई ‘बन्धक’ बनाएको भन्ने समाचार आउन थालेपछि सुन्दरमणिले विवाह गरेको खबर बाहिर ल्याइयो । एक वरिष्ठ कलाकारका अनुसार माझीसँग विवाह गर्नुअघि सुन्दरमणिको विवाह भइसकेको थियो । हाल विष्णु जुम्ल्याहा दुई सन्तानकी आमासमेत बनेको भनिन्छ ।

कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै विष्णु काठमाडौं गएकी थिइन् । त्यसपछि उनी कोही आफन्त र साथीको सम्पर्कमा छैनन् । प्रजिअ निरौलाले कान्तिपुरमा प्रकाशित समाचारलाई आधार मानेर विष्णुको खोजी सुरु गरेको बताए ।

‘पहिले पनि उनका बारेमा धेरै चर्चा नचलेको होइन,’ उनले भने, ‘हामी पनि यस विषयमा मौनजस्तै थियौं । विभिन्न सञ्चार माध्यममा उनी श्रीमान्बाट नै बन्धक बनाइएकी भनिन्छ । अहिले स्याङ्जामै कार्यरत र विष्णु यसै जिल्लाको भएकाले खोजी गरेका हौं । यसबारे विष्णुका माइती र घरपक्षसँग पनि बुझ्ने छौं ।’ उनले सम्बन्धित निकायसमक्ष उनको खोजीका लागि पत्राचार गरिसकेको बताए ।

सुरिलो भाकाकी विष्णुले गाएका प्रत्येक गीत यु–ट्युब भ्युअर बढी हुन्छ । राष्ट्रिय कलाकार बनेकाले पनि यतिबेला उनको खोजी हुनु स्वाभाविक रहेको बताउँछन् विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी । जिल्लाकै चेली भएका नाताले पहिलेबाटै खोजी गरिएको उनले बताए । ‘सुन्दरमणिबाट केही पत्ता लगाउन नसकिने र सुन्दरमणि स्वयं तर्किने गर्छन्,’ उनले भने । माझी सामाजिक कार्यक्रममा पनि देखिन्नन् ।

रेग्मीका अनुसार विष्णु गुपचुप रहे पनि हिट छिन् । उनलाई हालसम्म कोही कलाकारले जित्न सकेका छैनन् । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले गायिका विष्णुबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । यसो त उनको गुप्तवास स्वैच्छिक हो कि बाध्यता ? भन्ने प्रश्न नआएको पनि होइन् ।

विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने हल्ला चलिरहँदा त्यो सत्यसँग नजिक छ/छैन भन्ने रहस्य बनेको छ । उनको चौतर्फी माग हुँदासमेत देशका कार्यक्रममा सहभागी हुँदिनन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...