News Portal

  • प्रहरीद्वारा गायिका बिष्णु माझीबारे चासो !

    हिमाली संचार संवाददाता
    ५३९ पटक

    प्रतीक्षा काफ्ले
    स्याङ्जा : केही दिनअघि उनका ५८ वर्षीय बाबु ताराबहादुरले छोरी विष्णुसँग सम्पर्क नभएको ११ वर्ष भएको बताए । यो अवधिमा छोरीको बोली सुन्न र अनुहार हेर्न नपाएको सुनाए ।

    कलाकारिताको क्षेत्रमा मुलुककै पहिलो स्थानमा पहिचान बनाउन सफल स्याङ्जाकी विष्णु माझी लोक तथा दोहोरी गीत गायिका हुन् ।

    चापाकोट नगरपालिका ८ खोरियाघाटमा जन्मिएकी माझीले स्वर दिएका प्रत्येक गीतले चर्चा बटुलेका छन् । उनका हरेक गीत चर्चित छन् । यसकारण पनि उनी लोकगायनमा पहिलो स्थानमा छिन् । त्यसो त उनी महँगो पारिश्रमिक लिने कलाकारका रूपमापनि चिनिन्छिन् ।

    करिब ११ वर्षअघि गायक सुन्दरमणि अधिकारीसँग वैवाहिक जीवनमा बाँधिएकी उनी भूमिगतजस्तै छिन् । बेला–बेला उनको खोजी सामाजिक सञ्जाल फेसबुकमार्फत हुँदै आए पनि उनी कहाँ छिन् ? के गर्छिन् ? कसको सम्पर्कमा आउँछिन् भन्नेबारे थाहा छैन । त्यसो त उनका माइती पक्षसमेत उनकाबारे खुलेर बोल्न सक्दैनन् ।

    कान्तिपुरमा छापिएको समाचारका आधारमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले गायिका विष्णुको खोजी गरेका छन् । आफन्तका अनुसार कलाकारिता क्षेत्रमा समेत उनलाई विवाहपूर्व सुन्दरमणिले नै ल्याएका थिए ।

    विवाहअघि नै माझीलाई ‘बन्धक’ बनाएको भन्ने समाचार आउन थालेपछि सुन्दरमणिले विवाह गरेको खबर बाहिर ल्याइयो । एक वरिष्ठ कलाकारका अनुसार माझीसँग विवाह गर्नुअघि सुन्दरमणिको विवाह भइसकेको थियो । हाल विष्णु जुम्ल्याहा दुई सन्तानकी आमासमेत बनेको भनिन्छ ।

    कालीगण्डकी नदीको किनारमा रहेको झुपडीबाट कक्षा ९ मा पढ्दापढ्दै विष्णु काठमाडौं गएकी थिइन् । त्यसपछि उनी कोही आफन्त र साथीको सम्पर्कमा छैनन् । प्रजिअ निरौलाले कान्तिपुरमा प्रकाशित समाचारलाई आधार मानेर विष्णुको खोजी सुरु गरेको बताए ।

    ‘पहिले पनि उनका बारेमा धेरै चर्चा नचलेको होइन,’ उनले भने, ‘हामी पनि यस विषयमा मौनजस्तै थियौं । विभिन्न सञ्चार माध्यममा उनी श्रीमान्बाट नै बन्धक बनाइएकी भनिन्छ । अहिले स्याङ्जामै कार्यरत र विष्णु यसै जिल्लाको भएकाले खोजी गरेका हौं । यसबारे विष्णुका माइती र घरपक्षसँग पनि बुझ्ने छौं ।’ उनले सम्बन्धित निकायसमक्ष उनको खोजीका लागि पत्राचार गरिसकेको बताए ।

    सुरिलो भाकाकी विष्णुले गाएका प्रत्येक गीत यु–ट्युब भ्युअर बढी हुन्छ । राष्ट्रिय कलाकार बनेकाले पनि यतिबेला उनको खोजी हुनु स्वाभाविक रहेको बताउँछन् विन्ध्यवासिनी म्युजिक प्रालिका निर्देशक सुवास रेग्मी । जिल्लाकै चेली भएका नाताले पहिलेबाटै खोजी गरिएको उनले बताए । ‘सुन्दरमणिबाट केही पत्ता लगाउन नसकिने र सुन्दरमणि स्वयं तर्किने गर्छन्,’ उनले भने । माझी सामाजिक कार्यक्रममा पनि देखिन्नन् ।

    रेग्मीका अनुसार विष्णु गुपचुप रहे पनि हिट छिन् । उनलाई हालसम्म कोही कलाकारले जित्न सकेका छैनन् । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले गायिका विष्णुबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । यसो त उनको गुप्तवास स्वैच्छिक हो कि बाध्यता ? भन्ने प्रश्न नआएको पनि होइन् ।

    विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने हल्ला चलिरहँदा त्यो सत्यसँग नजिक छ/छैन भन्ने रहस्य बनेको छ । उनको चौतर्फी माग हुँदासमेत देशका कार्यक्रममा सहभागी हुँदिनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गङगाजमुना ५ फूलखर्क ठोट्ने पानीमा शन्तानेश्वर महादेब मन्दिरको उदघाटन सप्पन्

    गङगाजमुना -कात्तिक २०८२ कात्तिक ९ गते आइतबार पंन्चमी तिथीको दिन ठोट्नेपानीमा निर्मित श्री पशुपतिनाथ शन्तानेश्वर माहादेब...