News Portal

सशस्त्रका पूर्वएआइजी भट्टराईले ७० लाख भ्रष्टाचार गरेको ठहर, ९ महिना जेल सजाय

हिमाली संचार संवाददाता
५३७ पटक

काठमाडौं : विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ।

भट्टराईलाई ९ महिना जेल सजाय समेत तोकिएको छ। विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उक्त फैसला सुनाएको हो। भट्टराई प्रहरी सेवाबाट अवकासपछि नयाँ शक्ति पार्टीका नेतासमेत थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईको सम्पत्तिको स्रोत पुष्टी नभएको दाबीसहित २०७३ मंसिरमा अकुतसम्बन्धी मुद्दा दायर गरेको थियो।

अख्तियारले भट्टराईको कुल तीन करोड १७ लाख ६७ हजार एक सय ३७ रुपैयाँ बराबरको सम्पत्ति मूल्यांकन गरेको थियो। सम्पत्तिमध्ये एक करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको वैध स्रोत पुष्टी नभएको दाबी अख्तियारको थियो।

विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले अदालतबाट भट्टराईको ६९ लाख ८७ हजार दुई सय २५ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको ठहर भएको जानकारी दिए।

‘उक्त मुद्दामा प्रतिवादीलाई नौ महिना कैद, भ्रष्टाचार ठहर भए बमोजिम बिगो अनुरुपको जरिबाना र सोही बराबरको सम्पत्तिसमेत जफत हुने फैसला भएको छ,’ रजिष्ट्रार श्रेष्ठले भनेको अन्नपूर्णमा समाचार छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...