News Portal

सशस्त्रका पूर्वएआइजी भट्टराईले ७० लाख भ्रष्टाचार गरेको ठहर, ९ महिना जेल सजाय

हिमाली संचार संवाददाता
४९१ पटक

काठमाडौं : विशेष अदालतले ‘अकुत सम्पत्ति’ आर्जनको अभियोगसहित मुद्दा चलाइएका सशस्त्र प्रहरी बलका पूर्वएआइजी ऋषभदेव भट्टराईले ६९ लाख ८७ हजार रुपैयाँ भ्रष्टाचमार गरेको ठहर गरेको छ।

भट्टराईलाई ९ महिना जेल सजाय समेत तोकिएको छ। विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उक्त फैसला सुनाएको हो। भट्टराई प्रहरी सेवाबाट अवकासपछि नयाँ शक्ति पार्टीका नेतासमेत थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईको सम्पत्तिको स्रोत पुष्टी नभएको दाबीसहित २०७३ मंसिरमा अकुतसम्बन्धी मुद्दा दायर गरेको थियो।

अख्तियारले भट्टराईको कुल तीन करोड १७ लाख ६७ हजार एक सय ३७ रुपैयाँ बराबरको सम्पत्ति मूल्यांकन गरेको थियो। सम्पत्तिमध्ये एक करोड २१ लाख ४९ हजार ६ सय ५६ रुपैयाँ बराबर सम्पत्तिको वैध स्रोत पुष्टी नभएको दाबी अख्तियारको थियो।

विशेष अदालतका रजिष्ट्रार भिमकुमार श्रेष्ठले अदालतबाट भट्टराईको ६९ लाख ८७ हजार दुई सय २५ रुपैयाँ बराबर सम्पत्तिको स्रोत नखुलेको ठहर भएको जानकारी दिए।

‘उक्त मुद्दामा प्रतिवादीलाई नौ महिना कैद, भ्रष्टाचार ठहर भए बमोजिम बिगो अनुरुपको जरिबाना र सोही बराबरको सम्पत्तिसमेत जफत हुने फैसला भएको छ,’ रजिष्ट्रार श्रेष्ठले भनेको अन्नपूर्णमा समाचार छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...