News Portal

एकल परिवार : अभिषाप कि बरदान !

हिमाली संचार संवाददाता
८०४ पटक

आमा, बुबा, काका, काकी, हजुरआमा, हजुरबा, दाई, दिदी, भाई, बहिनी सबै-सबै एकै छानोमुनी । सबैको आ-आफ्नै कामधन्दा । दुख बिराम पर्दा एकअर्काको सहयोग । खुसी बाढ्नुपर्दा पनि ठूलो जमघट । यस्तो पारिवारिक संरचना अहिले टुक्रिदै गएको छ । र, एकल परिवारको दर बढ्दै गएको छ ।

एउटा घरमा श्रीमान्-श्रीमति र एक वा दुई छोराछोरी ।

संयुक्त परिवारको आ-आफ्नै आनन्द छ । फाइदा छ । यसको बेफाइदा पनि छन् । ठिक यसैगरी एकल परिवारको पनि फाइदा र बेफाइदा दुबै छन् ।

एकल परिवारको अवधारणा

२१ औं शताब्दीमा आएर विश्वको हरेक क्षेत्रमा एकल पिरवारको नयाँ अभियान शुरु भएको छ । नेपाललगायत भारतमा पनि एकल परिवारको सोच तीब्र गतिमा चलेको छ । केही शताब्दी अगाडी विरामी, युद्ध र मृत्युको कारणले एकल परिवार हुनु विवशता थियो ।

त्यो बेला विधुवा वा विधुरहरु बच्चाहरुको हेरविचार गर्दथ्यो । बच्चा भएको विधुवा वा विधुरलाई एकल परिवारको गणनामा राख्दैन्थ्यो ।

कुमारी आमाको पनि कल्पना गर्न सकिदैन्थ्यो । त्यो वेला सभ्य समाजमा कुमारी आमा हुनुलाई घृणात्मक दृष्टिले हेर्दथ्यो । तर अहिले आधुनिक समाजमा यो एक सामान्य कुरा भएको छ । यसलाई समाजमा हुर्ने दृष्टिकोण पनि फरक देखिएको छ । हुन त पहिलो यो परम्परा थिएन पनि यदि भएको खण्डमा यस्ता परिवारलाई कसैले पनि आफ्नो घर बालमा दिदैनथ्यो ।

यही स्थिति कुमार पुरुषमा पनि हुने गरेको छ । त्यो वेला केवल विवाहित दम्पतीलाई मात्र बच्चा जन्माउने अधिकार थियो र बच्चाको पालनपोषण मिलेर गर्दथ्यो । तर अहिले समय परिवर्तन भएको छ । युरोप र अमेरिमा २ प्रकारको एकल परिवार रहेको छ ।

विवाह पछि भएको सम्बन्धी विच्छेद र अविवाहित हुँदै बच्चा जन्माउनेलाई एकल परिवार भनिन्छ । सम्बन्ध विच्छेद भएको पति पत्नि वीच अकसर बच्चाको संरक्षणलाई लिएर विवाद हुने गरेको छ । दुबै आफ्नो बच्चालाई आफुसँगै राख्ने होदमा अदालतसम्म पुग्ने गरेको छ ।

टुक्रिंदो सम्बन्ध

एक अनुमानित रिपोर्टको अनुसार सन् २००९ मा रुसमा मात्र ७ लाख भन्दा बढी दम्पतीको सम्बन्ध विच्छेद गरेको थियो । अमेरिकामा सन् १९६० मा एकल परिवारको संख्या ९ प्रतिशत थियो भने त्यो संख्या सन् २००० बढेर २८ प्रतिशत हुन पुग्यो ।

१ करोड ५० लाख बालबच्चाको हेरविचार आर्थिक स्थिति कमजोर भएको परिवारले हेर्दथ्यो । विवाहित दम्पतीके आय लगभग ८ लाख डलर तथा एकल परिवारको आय औसतमा २४ हजार डलर रहेको छ । यो कुरामा चीन पनि अछुतो भने छैन ।

१९ औं शताब्दीमा चीनमा केवल १५ वर्षको आयु मै ३३ प्रतिशत बालबच्चाले आफ्नो आमाबाबाको सम्बन्ध विच्छेदको कारण प्रभावित बनेको थियो ।

सन् २०१० मा अमेरिकामा जम्मेका बच्चाहरु ४०.७ प्रतिशत अविवाहित महिलाबाट जन्मेको तथ्याक रहेको छ ।

१५ प्रतिशत बच्चा एकल परिवारमा

एक अनुमानित रिपोर्ट अनुसार विश्वमा १५.९ प्रतिशत बालबालिकाहरु एकल परिवार हुर्कने गरेको छ । यूएस जनगणना ब्युरोको अनुसार ८४ प्रतिशत बच्चा एकल महिला र १६ प्रतिशत बच्चा एकल पुरुषमा हुर्कने गरेको छ । ४५ प्रतिशत सम्बन्ध विच्छेद महिला, ३४.२ प्रतिशत अविवाहित महिला र विधुवा महिला १.७ प्रतिशत थियो ।

एकल परिवारको सबैभन्दा बढी लाभ व्यापारी वर्गलाई पर्ने गरेको छ । एकल परिवारबाट व्यापारी वर्गहरु निकै खुशी देखिन्छ । यस्ता एकल परिवार सभ्य समाजको लागि अभिशाप र व्यापारी वर्गको लागि वरदान सावित भएको छ ।

यदि एक दम्पनी आफ्नो सम्बन्ध विच्छेद गर्न चाहेको खण्डमा वकील र न्यायालयलाई काम र पैसा दुबै मिलेको हुन्छ भने परिवारमा केही सन्नाता छाएको हुन्छ । सम्बन्ध विच्छेदको कारण कैयौं महिला वा पुरुषले नशालु पदार्थको सहारा लिएको हुन्छ भने कैयौं त आत्महत्या गर्न पनि पछि परेको हुँदैन ।

महिलाको सोच

सर्वेको अनुसार वर्ष २०११ म्ा ४१ लाख महिलाले बच्चालाई जन्म दिएको थियो । जस्मा ३६ प्रतिशत महिला अविवाहित थियो जुन सन् २००५ को भन्दा ३१ प्रतिशतले बढी हो । उक्त सर्वे अनुसार २० देखि २४ वर्षको आयुका महिला ६२ प्रतिशत थियो । सर्वेमा भाग लिएको ३० प्रतिशत महिलाले एकल महिलाले आफ्नो बच्चाको पालनपोषण एक दम्पती जस्तै पालन गर्न सकिन्छ भन्ने बताएका छन् र २७ प्रतिशतले नसक्ने बताएका छन् । ३७ प्रतिशत महिलाले धर्मपुत्र वा धर्मपुत्री पाल्नेमा समर्थन पनि गरेको थियो ।

परिवारमा खल्लीबल्ली

आफ्नो एकोहोरोपनबाट मुक्त हुनको लागि महिला वा पुरुषहरु आफ्नो लागि एक उपयुक्त साथीको खोजीमा हुन्छ । अधिकाशं महिला वा पुरुष वार, सिनेमाहल वा नाचघर तथा नयाँ नयाँ साथी बनाएर बाहिर घुम्न गएको हुन्छ । सम्बन्ध विच्छेदको कारण पैसाको पनि अभाव भएको हुन्छ किनकि यस्तो अवस्थामा सरकारी कार्यलयका वकिल यी दुई मध्य एकजनासँग मिल्नु पर्ने हुन्छ ।

विश्वको अधिकाशं देशमा सम्बन्ध विच्छेद पछि आफुले जोडेको सम्पती सामान्यतया महिलालाई जाने गरेको छ । एक महिलाले आफ्नो जीवनकालमा २ चोटी सम्बन्ध विच्छेद गरेको छ भने उसलाई दुबै पतिको सम्पतीको हक लाग्छ । बच्चाको संरक्षण पनि महिलालाई नै दिएको हुन्छ । हप्ताको एकचोटी मात्र बच्चालाई आफ्नो पितासँग मिल्ने अनुमति दिएको हुन्छ ।

समग्रा हेर्ने हो भने एकल परिवारमा हुर्केको बच्चाको भविष्यमा राम्रो प्रभाव पारेको हुँदैन । सम्बन्ध विच्छेदले समाजमा पनि नराम्रो प्रभाव पारेको हुन्छ । त्यसैले सम्बन्ध विच्छेद हुन नदिनु नै उत्तम मार्ग हो । परिवारको स्नेहमा अधिक महत्व दिनु राम्रो विकल्प हुन सक्छ ।

रिपोर्टको अनुसार ४० प्रतिशत अविवाहित महिलाले विना विवाह नै बच्चा जन्माउने इच्छा राखेको छ भने एक तिहाई एकल महिलाले अरुको बच्चा पाल्नेमा इच्छा व्यक्त गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस्

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...